३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मर्मत अभावमा पोखरा–बागलुङ राजमार्ग जीर्ण बन्दै

२० चैत्र २०७२, शनिबार ०४:४८

busपर्वत, । गण्डकी अञ्चल अर्थात पोखरा क्षेत्रबाट धौलागिरि अञ्चलका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एकमात्र पोखरा–बागलुङ राजमार्ग बनेको २६ वर्षसम्म मर्मत नहुँदा यातायात व्यावसायीदेखि सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् । पोखरादेखि बागलुङसम्मको ७२ किमी सडक समयमै मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

जीर्ण सडकका कारण समयमा पुग्न नसकिने तथा दुर्घटना बढिरहेको भए पनि सम्बन्धित निकायले भने ध्यान दिन सकेको छैन । सडकको स्तरोन्नति हुन नसक्दा सो सडक पार गर्न तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ । विसं २०४६ मा सडक निर्माण गर्दा तीन वटा सवारी साधन एकसाथ वारपार गर्न सक्ने गरी सडकको निर्माण गरिएको भए पनि अहिले सडकको कालोपत्र भत्किएर एउटा सवारी साधनसमेत सहज रुपमा पार गर्न नसक्ने अवस्था आएको छ ।

समयमै सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गराउनुपर्ने बाध्यता रहेको र सडकमा रहेका खाल्डाखुल्डीका कारण सवारी साधनमा समेत क्षति भइरहने गरेको यातायात व्यावसायी बताउँछन् । मर्मतको कार्य गर्ने सडक डिभिजन कार्यालय पोखराले केही समय पहिला पोखरादेखि कास्कीको काँडेसम्म सडकको कालोपत्र गरेको भए पनि त्योसमेत जीर्ण बनिसकेको छ । अहिले सडकको आधा भाग कच्ची जस्तै बनेको छ । यसले गर्दा बिरामी तथा आकस्मिक यात्रा गर्नुपर्ने अवस्थामा समेत असहजता भएको हो । कालोपत्र भत्कँदै गएका कारण बाटो साँगुरो भएकाले साना सवारी साधन चलाउनेलाई समस्या हुने गरेको र दुर्घटना समेत बढेर गएको सवारी चालक कृष्णप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ