2026-09-13 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

चैत १२, लहान | हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि भदैयासम्म करीब १० किलोमिटर सडकमा कालोपत्रे सकिएको उक्त सडकका कन्ट्र्याक्टर मेनेजर विनोद गौतमले जानकारी दिनुभयो । 

पूर्व–पश्चिम राजमार्गदेखि भारतीय सीमाक्षेत्र स्वर्णपट्टीसम्म करीब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्रबाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना छ । 

ठेकेदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले चैत मसान्तभित्र काम सकिने गरी सडक निर्माणको काम भइरहेको जनाएको छ । चैत महीनाभित्र सडकको सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको म्यानेजर गौतमले बताउनुभयो । 

रु ५८ करोड तीन लाख ९७ हजारको लागतमा निर्माणधीन सडकको काम २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ चैतभित्रै सकिने गरी तीव्र रुपमा सडक निर्माणको काम भइरहेको म्यानेजर गौतमको कथन छ । 

गत विसं ०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकमा कालोपत्रे बाहेकको काम सकिएको छ, म्यानेजर गौतमले भन्नुभयो, “ सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसक्यो, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपाथसँगै नाला निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।” 

ती कामहरु सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेपनि अदालतमा परेको मुद्दाका कारण कालोपत्रे गर्ने कार्य केहीपछि धकेलिएको म्यानेजर गौतमले बताउनुभयो । उक्त सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराज इजलासमा फरक÷फरक व्यक्तिद्वारा तीनवटा मुद्दा दायर गरिएको छ । दायर गरिएका तीन वटै मुद्दामा अदालतबाट अन्तिम फैसला नआएपछि विवादित स्थानलाई छोडेर अन्य भागमा कालोपत्रेको काम शुरु गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन