राम नारायण पंडित | चैत १२, सिरहा | सिरहाको मिर्चैयामा पहिलो पटक हुन लागेको फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजना तथा रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न पहिलो अडिसनमा दुई दर्जन युवायुवतिहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।

युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गर्न लागिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ । अडिसनमा छनोट हुनेहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने डाईरेक्टर कर्णले बताए ।

मिर्चैयामै पहिलो पटक हुन लागेको फेसन शो मा सहभागी हुन सम्पुर्ण ईच्छुक युवायुवतीहरुलाई आयोजकले आग्रह गरेका छन् ।

ईभेन्टको दोस्रो अडिसन चैत १६ गते होटल होलिडे एण्ड पार्टी प्यालेश मिर्चैयामा हुने आयोजकले जनाएको छ ।

ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन लगायतका रहेका छन् ।

Related News