२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका साँसदहरुद्धारा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम बाडफाँड

२०७२, २१ चैत्र आईतवार ०६:४४

कुल बजेटको आधा प्रतिशत रकम ग्रामीण सडक निर्माणमा
 पर्वत, । पर्वत जिल्लाका तीन जना सासंदले सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम बाँडफाँड गरेका छन । पर्वत जिल्ला क्षेत्र न १ बाट निर्वाचित सांसद अर्जुन जोशी र क्षेत्र न २ बाट निर्वाचित विकास लम्साल तथा समानुपातिक तर्फकी सांसद कल्पना चापागाईले उक्त रकम बाँडफाँड गरेका हुन । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि १ करोड ५० लाख र सांसद विकास कोष अन्र्तगतका लागि २० लाख रुपैंया विनियोजन भएको थियो ।

पर्वत जिल्लाका लागि २ निर्वाचन क्षेत्रमा ३ करोड र सांसद विकास कोष अन्तर्गत ६० लाख रुपैया प्राप्त हुने गर्छ । विनियोजीत बजेट मध्ये क्षेत्र न १ मा सवैभन्दा बढि कुल ७२ लाख रुपैंया सडकमा विनियोजन भएको छ । यसैगरी खानेपानी र खेलकुदमा ७÷७ लाख रुपैंया विनियोजन भएको छ । त्यसैगरी सिंचाईमा ११ लाख र पूर्वाधार निर्माण कार्यक्रमका लागि २१ लाख तथा शिक्षा क्षेत्रका लागि ३१ लाख रुपैंया विनियोजन भएको छ ।

उबचदबत पब कबmकबमरकम विनियोजन भएका योजना मध्ये सडक तर्फ क्षेत्र न १ का झण्डै २ दर्जन बढि गाविसका साना र टुक्रे योजनामा रकम विनियोजन भएको जिल्ला विकास समिति पर्वतले जनाएको छ । टुक्रे योजनामा कम्तिमा १ लाख देखि बढिमा ५ लाख रुपैंया विनियोजन भएको छ । उता, खानेपानीमा भने उपल्लो हलहले क्याङ १ लाख, चुवा दलित वस्ती १ लाख ५० हजार, पूर्णश्वर उमावि १ लाख, जलजला चुत्रेनी खापा १ लाख, सल्लेनी शालिजा १ लाख, मझुवा क्याङ १ लाख ५० हजार रुपैंया विनियोजन भएको छ ।

यसैगरी खेलकुद विकास अन्तर्गत बनौ पाखरी खेलकुद १ लाख, शालीजा दिपशिखा १ लाख, आर्थर सुनाखरी युवा क्लब १ लाख, चुवा नवदिप युवा क्लब १ लाख, आख्रेनी युवा क्लब १ लाख, देउराली युवा क्लब भुक १ लाख, दालपोखरी खेल मैदान १ लाख रुपैंया विनियोजन भएको छ । यसैगरी सिँचाई पुर्वाधार निर्माण अन्तर्गत भुक २ लाख, गैरीस्वारा सिंचाई दुर्लुङ २ लाख, कमेरे सिंचाई देउराली १ लाख ५० हजार, ज्ञादी सिंचाई २ लाख, भट्टेखेल फल्जेनी सिंचाई १ लाख ५० हजार, फुतफुते सिंचाई नाङलीवाङ २ लाख गरी ११ लाख रुपैंया विनियोजन भएको छ ।

सरकारले निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणका लागि सञ्चालन गर्ने यस्ता योनजाबाट पर्वत क्षेत्र न १ मा निर्माण भएको कृषि संकलन केन्द्रका लागि ५ लाख र सामुदायिक भवनहरु निर्माणका लागि ८ लाख रुपैया विनियोजन भएको छ । सांसद जोशी संयोजक रहने गरी विनियोजन भएको क्षेत्र न १ अन्तर्गतका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकमबाट रेडियो दिदिवहिनीको पूर्वाधार निर्माणका लागि १० लाख रकम विनियोजन भएको छ ।

यसैगरी उक्त रकमबाट जनता सुदर्शन क्याम्पस ठुलिपोखरी ३ लाख, हिमालय उमावि खुर्कोट ६ लाख, गुप्तेश्वर क्याम्पस ३ लाख, विरेन्द्र उमावि पकुवा २ लाख, पशुपति उमावि ३ लाख, नुवार सुवेदी थर मावि पाङ २ लाख, जनएकता प्रावि आर्थर १ लाख, स्वर्णद्धार र स्तम्भ निर्माण ठुलिपोखरी ३ लाख र नवजागृत उमावि ८ लाख गरी ३१ लाख रुपैंया शिक्षा क्षेत्रमा रकम विनियोजन भएको छ ।
यसैगरी पर्वत क्षेत्र न २ अन्तर्गत ग्रामीण सडकका लागि ८१ लाख, कृषि वन वातावरण तथा पशु विकास कार्यक्रमका लागि १८ लाख, जलाधार संरक्षणका लागि ८ लाख ५० हजार, सिंचाई योजनाका लागि ७ लाख , भवन निर्माणका लागि ८ लाख, र शिक्षा क्षेत्रका लागि २६ लाख ५० हजार रुपैंया रकम विनियोजन भएको छ ।

योजना अन्तर्गत थापाठाना वडा न ४ र ८ खानीगाउँ, त्रिवेणी, सुर्योदय युवाक्लब गप्ताङ, जनविकास उमावि सौर बेउलीबास, खेल मैदान कुर्घा फल्ला, सत्तल निर्माण तिनधारे मन्दिर तथा जलाधार संरक्षणका लागि ८ लाख ५० हजार रुपैंया विनियोजन भएको छ । योजनाको नाम उल्लेख गरेपनि कुन योजनाका लागि कति रकम हो, त्यो भने उल्लेख गरिएको छैन ।

यसैगरी सिउदीखोला दुग्लुङ गोहपुक हुवास ४, उप्लो थाक विप्टीपानी सिंर्चाइ पोखरी अवाहा खेत कुलो सिचाई योजनाका लागि एक मुष्ट ७ लाख रुपैंया विनियोजन गरिएको छ भने, सिद्धिखर्क कालीका मन्दिर सरा, विश्वकर्मा मन्दिर कार्कीनेटा, फलाटे क्रियाघर निर्माण शंकरपोखरी, त्रिवेणी मन्दिर, सामुदायिक भवन टकलाक, सामुदायिक भवन माझगाउँ शालिग्राम, सहकारी भवन पाङराङका लागि ८ लाख रुपैंया विनियोजन गरिएको छ ।

क्षेत्र न २ अन्तर्गत रहेका शैक्षिक क्षेत्र अन्तर्गत पर्वत बहुमुखी क्याम्पस देविस्थन, शिशु निकेतन सामुदायिक विदालय देविस्थान, अन्नपूर्ण क्याम्पस कार्किनेटा, श्रीराम मावि शंकरपोखरी, जनज्योति उमावि ठानामौलाका लागि एकमुष्ट ८ लाख विनियोजन गरिएको छ । यसैगरी जनकल्पाया उमावि बाच्छा, जनता निमावि रानीपानी, मातृभुमि प्रावि रानीपानी, बहाकी म्याम्पस बहाकी, बालज्योति प्रावि हुवास, धुँवाकोट महाशिला क्याम्पस लुंखु, विश्वज्योति मावि सिम्ले, चन्द्रमावि उरामपोखरा, चन्द्रउमावि खोरापोखराका लागि ११ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।

क्षेत्र नं २ को बृहत्तर विकासको योजना बनाएको बताउने लम्सालले पहिलो चरणमा सडक सञ्जालको महत्वपूर्ण काम सम्पन्न गर्ने बताउदै आएका छन । उनले यो आर्थिक बर्षमा झण्डै ५४ प्रतिशत रकम सडक निर्माणमा विनियोजन गरेका छन । यस बाहेक कृषि र पशु विकासको आधारस्तम्भ हुनसक्ने भन्दै उनले पाडापाडी संरक्षण र स्वरोजगारमूलक कार्यक्रमहरुमा पनि सहयोग गर्दै आइरहेका छन । जेष्ठ नागरिक सम्मान र कृषिको बजारीकरणमा समेत आगामी दिनमा बजेटको ब्यवस्था गर्ने लम्सालको भनाई छ । सूचना केन्द्रमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित