२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सवारी दुर्घट्नामा आठ जनाको मृत्यु

२०७५, १३ चैत्र बुधबार १६:२७

चिसाङ शेर्पा | चैत्र १३, खोटाङ | विभिन्न सवारी दुर्घट्नामा खोटाङमा आठजनाको मृत्यु भएको छ । ८ महिनाको अवधिमा एक वालिकासहित सात जना पुरुषको दुर्घट्नामा मृत्यु भएको हो । 

आर्थिक वर्ष २०७५/०७६ को साउनदेखी फागुनसम्म जीप दुर्घट्नामा एकजना र ट्याक्टर दुर्घट्नामा सातजनाको मृत्यु भएको खोटाङका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरिक्षक नरेन्द्र पौडेलले बताए । १५ दिने सवारी दुर्घट्ना न्युनिकरण अभियान समापनको अघिल्लो दिन बुधबार दिक्तेलमा पत्रकारहरुसंगको समिक्षा कार्यक्रममा १४ वटा ट्याक्टर र एकवटा जीप दुर्घट्ना भएको जानकारी गराएका हुन् ।

सवारी दुर्घट्नामा आठजना गम्भीर र १६ जना सामान्य घाईते भएका छन् । सवारी दुर्घट्नामा कमी ल्याउनका लागि प्रदेशस्तरीय कार्यक्रम अन्तरगत खोटाङका ट्राफिक प्रहरीले जनचेतनामुलक प्रशिक्षण तथा पर्चा पम्प्लेट बितरण, राजमार्गमा रहेको अब्यवस्थित पार्किङ, क्षेत्राधिकार भित्र रहेका अस्थायी टहरा, वर्कशप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, सडकमा थुपारेका निर्माण सामग्री हटाउने, कलेज, विद्धालयका विधार्थी ओसारपसार गर्ने सवारीको चेकजाँच, अनुगमन, कारवाही, चालकको स्वास्थ्य परिक्षण, कागजात, जुत्ता प्रयोग, बसको रंग, सवारीको अवस्था, गति पोशाक चेकजाँच, शिक्षक तथा विधार्थीहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रम गरेका छन् । 


११ लाख ६९ हजार राजस्व संकलन

सवारी गल्ती जरिवाना वापत ११ लाखबढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ को साउनदेखी फागुनसम्म ११ लाख ६९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएका छन् । संकलन भएका राजस्व रकम जिल्ला प्रहरी कार्यालय खोटाङको बैक खातामार्फत विभागमा पठाइएको छ । यहि आवभित्र १ हजार ८ सय ९३ सवारी साधन कारवाहीमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित