२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जैविक फोहरबाट बायोग्यास उत्पादन

२०७५, १४ चैत्र बिहीबार ०८:४७

पुरुषोत्तम सुवेदी | चैत १४, नवलपरासी (रासस) | पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ ।

रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभैसीको मल (गोबर) र मोलासिस अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो । 

फोहरमौलाबाट बायोग्यास र मल उत्पादन गर्ने यो मुलुककै पहिलो प्लान्ट भएको प्रालिको दाबी छ । यस्ता प्रकारको उद्योग मुलुकका सबै शहरमा आवश्यक रहेको उद्योग सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ । 

यदि यस प्रकारको प्लान्ट मुलुकका सबै शहरमा स्थापना गर्न सक्ने हो भने स्थानीय तहमा फोहर व्यवस्थापनलाई ठूलो सघाउ पुग्ने र हाल बजारमा रहेका अन्य ग्यासको विकल्पको रुपमा स्थापित हुनसक्ने सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ । 

करीब दुई बिघा क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा स्वचालित उपकरण जडित छन् । जसबाट मल फिट्ने, ग्यास बनाउने, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम हुने गर्दछ । अहिले प्रालिमा उत्पादित बायोग्यास रुपन्देही जिल्लाका विभिन्न ठूलाठूला होटलमा प्रयोग हुँदै आएको छ । यसको माग दिनप्रति दिन बढ्दै गएको प्रालिका प्लान्ट म्यानेजर सञ्जीव यादव बताउनुहुन्छ । 

कूल रु २२ करोडको लागतमा करीब एक वर्ष अघि निर्मित प्रालिमा ३७५० घनमिटर बायोग्यास प्लान्ट जडान गरी जैविक फोहरबाट बायोग्यास (बोटलिङ) उत्पादन हुँदै आएको छ । सो परियोजनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक र जलवायु लगानीकोषअन्तर्गत सञ्चालित नवीकरणीय ऊर्जा विस्तार आयोजनाको रु चार करोड ९१ लाख नगद अनुदान सहायता प्राप्त भएको छ । 

स्थानीयस्तरमा रहेको गाईभैँसीको मल (गोबर) मोलासिस र अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्ने मुख्य कच्चा पदार्थ हुन् । जुन स्थानीयस्तरमै पर्याप्त मात्रमा पाइन्छ । प्रालिबाट हाल दैनिक करीब १०० को सङ्ख्यामा ग्यास सिण्लिडर तयार भई बजारमा जाने गर्दछ । प्रतिसिलिण्डरमा ११ केजी ६०० ग्राम बायोग्यास हुने प्रालिले जनाएको छ । उद्योगमा हाल २० कर्मचारी कार्यरत छन् । 

प्रालिमा बायोग्यास उत्पादन हुनु पहिलो आम्दानीको स्रोत हो भने अर्कोतर्फ उद्योगमा अन्तिम अवस्थामा विकार वस्तुको रुपमा रहने फोहरमैलालाई जैविक मलका रुपमा बिक्री गर्दै आएको छ । 

त्यहाँबाट उत्पादन हुने जैविक मा प्रतिकेजी रु १८ मा बिक्री हुने गरेको प्रालिले जनाएको छ । यस उद्योगले यसबाहेक ग्रिन इनर्जी परामर्श केन्द्रको स्थापनासमेत गरेको छ । आगामी दिनमा शैचालयबाट निस्कने फोहरमैलाको उचित व्यवस्थापना गरी बायोग्यास उत्पादन गर्ने लक्ष्य लिएको प्रालिले जनाएको छ । यस प्रकारको बायोग्यास उत्पादनले भारतीय बजारबाट नेपाल आयात हुने ग्यासको मात्रामा केही सामान्य मात्रामा भए पनि कमी आउने विश्वास लिएको छ । (तस्वीर उपलब्ध छ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा