टेकेन्द्र बोहरा | चैत १५, बझाङ | ‘लोक कला भाषा सास्कृती हाम्रो पहिचान’ लुकेर रहेका प्रतिभाको खोजी गर्नु हाम्रो अभियान भन्ने मुल नाराका साथ बझाङमा बृहत सास्कृतिक महोत्सव हुने भएको छ ।

सेती साईपाल युवा क्लवको आयोजनामा जिल्लाको जपृथ्वी नगरपालीका वडा नँ ७ मा बृहत सास्कृतिक महोत्सव लाग्ने सेती साईपाल युवा क्लवका अध्यक्ष दिपकराज जोशिले जानकारी दिए ।

लोक कला भाषा सास्कृती हाम्रो पहिचान’ लुकेर रहेका प्रतिभाको खोजी गर्नु हाम्रो अभियान भन्ने मुल नाराका साथ ’ भन्ने मुल नाराका साथ सुनिपिपल चौर मावि सुवेडामा बैसाख ६ गतेदेखी १० गते महोत्सव सञ्चालन हुने सास्कृतिक महोत्सवका सँयोजक देवराज जोशीले जानकारी दिए ।

सास्कृतिक महोत्सवमा र्यापर राजेन्द्र भट्ट “आरजे’ डेउडा गाईका रेखा जोशी, हास्य कलाकार दिपेन्द्र ओली, लोकदोहोरी गाएक भागरथी चलाउने, डेउडा गाईका गौरी भट्ट लोक दोहोरी तथा डेउडा गाएक उमाशँङ्कर जोशी, कलाकार कल्पना बि,सी, अस्मिता जिएम यज्ञराज ओझा सुनिल नेपाली डान्सर अनुप बिष्ट,लगाएत राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने बझाङ सास्कृतिक महोत्सवका सह सँयोजक सर्जन चन्द्र सुवेदीले जानकारी दिए ।

बझाङमा बैशाख छ गतेबाट बृहत सास्कृतीक महोत्सव हुने
Leave a Comment