पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको हो ।

२०८२, २६ चैत्र बिहीबार
पर्बत - PBT

नेविसंघ फलेवासको उदाहरणीय काम ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण

२०७५, १६ चैत्र शनिबार ०९:१७

पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको हो ।

गरिव, दलित तथा विपन्न समुदायका बालबालिकाको शैक्षिक स्तरलाई सहयोग पु¥याउने उद्देश्यले  शैक्षिक सामग्री वितरण गरेको नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवासका संयोजक सन्तोष पाठकले जानकारी दिनुभयो । विद्यार्थीको शैक्षिक तथा पारिवारिक अवस्थालाई मध्येनजर गदै तिनधारे प्राविमा शैक्षिक सामग्री वितरण गरेको पाठकले बताउनु भयो ।

नेवि संघ फलेवास नगर समितिले यस अघि नगरका धेरै वडामा शैक्षिक सामग्री वितरण गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले नेपाल विद्यार्थी संघ विद्यार्थीको हकहितमा काम गर्ने संगठन भएको बताउनु भयो । उहाँले उक्त शैक्षिक सामग्रीले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने बताउनु भयो ।

फलेवास नगरपालिका मेयरका प्रत्यासी समेत रहेका तिवारीले नगरपालिकाले शिक्षा क्षेत्र सुधार गर्न नसकेको बताउनु भयो । उहाँले सस्तो र लोकप्रिय नारा बाँडेर जनतालाई भ्रममा पारेको बताउँदै नगरका सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको बताउनु भयो । नगरपालिकाले जनतालाई अनआवश्यक कर लगाएर दुःख दिएको बताउँदै कर घटाउन माग गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणि सापकोटा, नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी, फलेवास नगरपालिका–८ ठानामौलाका वडाध्यक्ष मानवहादुर कुवँर, विद्यालयका अध्यक्ष बलवहादुर केसी, प्रधानाध्यापक यामवहादुर घर्ती, नेपाली काँग्रेसका युवा नेता प्रमोद पाण्डे, नेपाली काँग्रेस ठानामौलाका सभापति हेमराज कुवँर, नेपाल दलित संघका सभापति याम परियार‘शिव’,नेपाल विद्यार्थी संघ पर्वतका सचिव बरदान पौडेल, नेपाल तरुण दल फलेवास नगरपालिका संयोजक दिनेश लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिका संयोजक सन्तोष पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सरोज खनाल र कार्यक्रमको संञ्चालन नेपाल विद्यार्थी संघ फलेवास नगरपालिकाका सचिव गोविन्द तिवारी र विद्यार्थी नेता शिशिर शर्मा पौडेलले गर्नुभएको थियो ।

फागुन ७ गते गिरीजाप्रसाद कोइरालाको नवौ स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विशेष कारणले रोकिएको थियो । सोही अवसरमा नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले आज कार्यक्रम गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित