२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघको ६४ औं स्थापना दिवस पर्वतमा विरामीलाई फलफूल वितरण गरि मनाइयो

१६ चैत्र २०७५, शनिबार ०९:३०

पर्वत– जिल्ला अस्पताल पर्वतका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६४ औँस्थापना दिवसको अवसरमा पर्वत शाखाले जिल्ला अस्पताल पर्वतका विरामीलाई फलफुल वितरण गरिएको हो । बिरामीहरुलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपालपत्रकार महासंघ पर्वत शाखाका सचिव गणेश गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले राज्यमा सबै ब्यवस्था परिवर्तन गर्न पत्रकारहरुको महत्तपूर्ण भुमिकारहेको बताउनु भयो ।पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सवै कलमजिवी वाक स्वतन्त्रका पक्षधर पत्रकारहरुलाई शुभकामना दिँदै देशमा भईरहेका सकरात्मक तथा नकरात्मक कार्यहरुको  वाच डकको भुमिका निभाउन आग्रह गर्नुभयो ।राज्यको चौथो अंगको रुपमा जनप्रतिनिधीलाई  खबरदारी गर्न समेत आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पत्रकारिता समाजको दर्पण भएको बताउनु भयो ।  कार्यक्रममा नेपाल पत्रकारमहासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, गण्डकी उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा,जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी, लगायतले शुभकामना मन्तव्य राख्नू भएको थियो ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्यसदस्य देवराज पुरी र कार्यक्रमको सन्चालन महासंघ पर्वतका सचीव गणेश गिरिले गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

यता बागलुङ शाखाले महासंघको ६४ औं स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सहित जिल्लामा रहेका पत्रकारहरुको स्वास्थ्य परिक्षण गरि मनाएको छ । पत्रकारहरु आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि सचेत हुनुपर्ने बताउँदै पत्रकारहरुको धौलागिरी अंचल अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य