2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघको ६४ औं स्थापना दिवस पर्वतमा विरामीलाई फलफूल वितरण गरि मनाइयो

पर्वत– जिल्ला अस्पताल पर्वतका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६४ औँस्थापना दिवसको अवसरमा पर्वत शाखाले जिल्ला अस्पताल पर्वतका विरामीलाई फलफुल वितरण गरिएको हो । बिरामीहरुलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपालपत्रकार महासंघ पर्वत शाखाका सचिव गणेश गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले राज्यमा सबै ब्यवस्था परिवर्तन गर्न पत्रकारहरुको महत्तपूर्ण भुमिकारहेको बताउनु भयो ।पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सवै कलमजिवी वाक स्वतन्त्रका पक्षधर पत्रकारहरुलाई शुभकामना दिँदै देशमा भईरहेका सकरात्मक तथा नकरात्मक कार्यहरुको  वाच डकको भुमिका निभाउन आग्रह गर्नुभयो ।राज्यको चौथो अंगको रुपमा जनप्रतिनिधीलाई  खबरदारी गर्न समेत आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पत्रकारिता समाजको दर्पण भएको बताउनु भयो ।  कार्यक्रममा नेपाल पत्रकारमहासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, गण्डकी उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा,जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी, लगायतले शुभकामना मन्तव्य राख्नू भएको थियो ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्यसदस्य देवराज पुरी र कार्यक्रमको सन्चालन महासंघ पर्वतका सचीव गणेश गिरिले गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

यता बागलुङ शाखाले महासंघको ६४ औं स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सहित जिल्लामा रहेका पत्रकारहरुको स्वास्थ्य परिक्षण गरि मनाएको छ । पत्रकारहरु आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि सचेत हुनुपर्ने बताउँदै पत्रकारहरुको धौलागिरी अंचल अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ