पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । कुश्मा नगरपालिका ५ बडागाउँमा सडेगलेको अवस्थामा बेबारिसे शव फेला परेको छ ।

बडागाउँमा रहेको कारगार भन्दा तल पट्टीको भिरमा पूर्ण रुपमा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

शव पूर्णरुपमा सडेका कारण महिला वा पुरुष पहिचान गर्न समस्या भएको डिएपी भुवनेश्वर तिवारीले बताउनुभयो ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । घाँस काट्नका लागि सोही ठाउँमा पुगेका महिलाहरुले प्रहरीमा खबर गरेपछि मात्र शव भएको थाहा भएको हो