२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दलितले दिएको औषधी गैरदलितले खादैनन्

१७ चैत्र २०७५, आईतवार १५:००

चैत १७, कालीकोट । दलित महिला स्वास्थ्य स्वयमसेविकाको हातबाट गैर दलितहरूले भिटामिन औषधि पनि नखाने गरेका गुनासो दलित महिला स्वास्थ्य स्वयमसेविकाले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा कालिकोट जिल्लाका सराकोरवालासँग गरेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार विषयक गोष्ठीमा दलित महिला स्वास्थ्य स्वयमसेविकाले सो गुनासो गरेका हुन् ।

जातीय विभेदका कारणले दलित स्वास्थ्यकर्मीको हातको गैर दलितहरूले औषधी खान आनाकानी गर्ने गरेको उनीहरूको भनाई छ । दलित भएका कारणले आफ्नो हातको भिटामिन खान गैर दलितले नमान्ने गरेको खाँडाचक्र नगरपालिका वडा नं. एक का महिला स्वास्थ्यकर्मी मनपुरा बिकले बताइन् । उनले भनिन् ‘गैर दलितहरूले हाम्रो हातको औषधी पनि खाँदैनन्,  हामी दलित भएका कारणले गैर दलितले नमानेका हुन् । ’गैर दलितहरूले दलित स्वास्थ्यकर्मीहरूबाट सुत्केरी सेवा अन्य कुनै पनि परामर्श नलिने गरेको बिकले गुनासो गरिन् । उनले भनिन् ‘कुनै गैर दलित महिला गर्भवतीले लिनुपर्ने सेवासमेत हामीबाट लिदैँनन्, ‘यो समाजमा दलितलाई हेर्ने दृष्टिकोण फरक छ ।’


यस्तै जातीय भेदभाव नेपालको संविधानले दण्डनीय अपराधको रुपमा लिएको मानव अधिकारका दृष्टीकोणले पनि यो ठूलो अपराध भएको राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त प्रकाश वस्तीले बताए । उनले भने ‘संविधानले गरेको व्यवस्थाको पूर्ण कार्यन्वयन हुनुपर्छ,‘मानव(मानवबीच हुने विभेद मानव अधिकारको हनन हो ।’ यस्तै अहिले राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय रुमपा नै जातीय विभेदका विषयमा अध्ययन थालेको त्यसै क्रममा देशभरको जातीय अवस्था अध्ययन गर्न लागेको पनि आयुक्त वस्तीले जानकारी गराए । उनले भने ‘देशभरको जातीय विभेदका अवस्थाको अध्ययन थालेका छौं, ‘त्यसैका आधारमा हामीले रणनीतिक योजना तर्जुमा गर्छौँ ।

जातीय विभेदका विरुद्ध हुने कुनै पनि घटनालाई शुन्य सहनशिलताका रुपमा लिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख चन्द्रबहादुर कार्कीले बताए । उनले भने ‘जातीय  विभेदका कुनै पनि घटना हामीलाई क्षम्य छैन्, ‘जातीय विभेद गरेका जो सकैलाई पनि कानुनी कारवाही हुन्छ ।’ कालिकोटमा जातीय विभेद चरम रुपमा रहेको र यसलाई प्रहरीले गम्भीर रुपमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माले बताए । उनले भने  ‘जातीय विभेद हामीले हुनै दिदैनौ, अहिले हामीले त्यसका विरुद्ध कडा कदम चालेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान