३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

५० ग्रामका असिनाले देउपुरमा मात्रै १ करोड बढीको सुन्तला सखाप

२४ चैत्र २०७२, बुधबार ०८:०५

हिँजो मंगलबार साँझ पख परेको भीषण असिना पानीले पर्वत जिल्लाको देउपुर गाविसमा मात्रै एक करोड भन्दा बढीको सुन्तला नष्ट भएको छ । करीब एक घण्टा सम्म परेको असिनाले सुन्तलाका बोटमा लागेको साना साना दाना झारेर नष्ट गरेको हो । जिल्लाकै सुन्तलाको पकेट क्षेत्र मानिने देउपुरका किसान असिनाले पुयाएको क्षेतीबाट निकै आहत भएको उनिहरुले बताएका छन् । ्

फलफुल भएपनि गाउँलेको मुख्य बालीको रुपमा रहेको सुन्तलाबाट यहाँका किसानहरुले प्रतिवर्ष ५० हजार देखी अधिकतम १ लाख रुपयाँको सुन्ताला विक्री गर्दथे । स्थानीय किसानहरुका अनुसार ५० ग्राम सम्म तौल भएको असिना बर्सिनाले सुन्तला मात्र नभएर पाकेको गहुँबाली र तरकारी खेतीका साथै मकैलाई समेत क्षेती पुराएको बताएका छन् । मंगलबार परेको असिनाले देउपुर लगायत भुकताङ्ले र बाजुङ गाविसका किसानहरुले व्यवसायिकरुमा लगाएको तरकारी खेती समेतलाई नोक्सान पुराएको छ । त्यस्तै व्यावसायीक रुपमा तरकारी खेती गरेका देउपुर, भुकताङले र बाजुङ गाविसका कृषकहरुको तरकारी समेत असिनाले नष्ट गरेको छ ।

भुकताङ्ले, देउपुर र बाजुङमा ठुलो असिनापानी परेर सुन्तला र अन्य बालीनालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताएका छन् । ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही