कुस्माबजारका पसलमा छापास् सुरेन्द्र स्टोर्सबाट १३ सिलिण्डर ग्याँस बरामद !

Posted on: 06 Apr, 2016

खाना पकाउने एलपी ग्याँसको अभाव भैरहेको अवस्थामा ग्याँस लुकाउने, बढी मुल्य लिएर ग्याँसको कालो बजारी गर्नेहरुमाथी सदरमुकाम कुस्मा बजारमा प्रहरी प्रशासनाले कार्बाही सुरु गरेको छ । नबकज्ञघ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक देवकुमार गुरुङ सम्मिलित टोलीले कुस्मा बजारमा ग्याँस कारोबार गर्ने पसलमा छापा मारेको छ । टोलीले सुराकीको सूचनाको आधारमा कुस्मा बजारको सुरेन्द्र स्टोर्समा छापा मार्दा लुकाई राखेको १३ सिलिण्डर ग्याँस बरामद गरेको हो । बरामद गरिएका ग्याँसमा शक्तिका ५ र गृहलक्ष्मीका ८ सिलिण्डर रहेका छन् । प्रशासन र प्रहरीको टोलीले ग्याँस लुकाएर कालो बजारी गर्ने व्यापारीहरुको खोजी गरिरहेकोले व्यापारीहरुमा कोलाहलको स्थिति देखिएको छ भने उपभोक्ताहरुले प्रशासनको यो अभियानलाई प्रशंसा गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!