Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बारबर्दियामा १८ योजना पारित

२०७५, १८ चैत्र सोमबार ०८:४४

चैत १८, धम्बोझी | बर्दियाको बारबर्दिया नगरपालिकाको विशेष नगरसभाले पाँच प्रस्ताव पारित गरेको छ । नगरको विशेषसभाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट संशोधन, समपूरक अनुदान विनियोजन विवरण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् विकास कोष) नगरभवन निर्माणको योजना र नगरका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरेको छ । 

बारबर्दिया नगरपालिकाको करीब रु ८१ लाख ५० हजार बजेटको ११ वटा वडास्तरीय योजनालाई संशोधन गरी १८ योजनामा बजेट विनियोजन गरी नगरसभाबाट पारित गरिएको छ ।

समपूरक अनुदान विनियोजनमा वडा नं १ मा मुर्गिहवा टोलको झरनमा कल्भर्ट निर्माणमा स्रु एक करोड, वडा नं ४ को घोरपित्तादेखि गुरुवागाउँ हुँदै बाटो स्तरोन्नतिमा रु दुई करोड, वडा नं ६ मा नगरपार्क जयनगरमा रु एक करोड, वडा नं ७ को हर्नवादेखि वडा कार्यालय जोड्ने खटैला नालामा पुलका लागि रु एक करोड, वडा नं ८ मा चौकीपुरदेखि वडा कार्यालय जोड्ने बाटो ग्राभेलमा रु एक करोड, वडा नं १० मा बैदीचोकमा कृषिउपज सङ्कलन केन्द्रमा रु एक करोड र वडा नं ११ मा बेलभार गिदरपुर जोड्ने बाटाको भादा खोलामा कल्भर्ट र नमूना गाउँमा सामुदायिक हल निर्माणमा रु एक करोडको योजना पारित गरिएको छ । 

उक्त योजनाको ४० प्रतिशत सङ्घीय सरकारले बजेट उपलब्ध गराउने छ भने ६० प्रतिशत वडास्तरबाट व्यहोरिनेछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा वडा नं ६ मा सदाशिव बहुमुखी क्याम्पस भवन निर्माण र खानेपानी व्यवस्थापनमा रु ५० लाख, वडा नं १० मा जनसेवा बहुमुखी क्याम्पस पूर्वाधार निर्माण र खानेपानी व्यवस्थापनमा रु १३ लाख, वडा नं ११ मा विजय प्रावि भवन निर्माणमा रु १० लाख, वडा नं ५ को बारबर्दियामा मरुवा निर्माणमा रु १० लाख, वडा नं २ मा कृषिउपज सङ्कलन तथा ढुवानीका लागि ठूला सवारीसाधन दुई खरीद गर्नका लागि रु ८० लाख, वडा नं ७ मा शहीद उद्यान निर्माणमा रु १० लाख, वडा नं ४ मा जमुना महिला कृषि सहकारी संस्था अधुरो भवन निर्माणमा रु १० लाख र वडा नं ८ मा युवक मावि दुब्धाको भवन निर्माणमा रु १० लाख गरी कूल रु एक करोड ९३ लाख बजेट रहेको छ । 

नगरपालिकाको भवन निर्माण र कार्यालय प्रयोजनका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरिएको छ । नगरसभामा सदस्यले वडा कार्यालयको भवन निर्माण गर्ने र बिग्रेका सडक तत्काल मर्मत गर्नुपर्ने कुरा उठाएका थिए । नगरसभाको अध्यक्षता नगर प्रमुख दुर्गाबहादुर थारुले गर्नुभएको थियो भने प्रस्ताव नगरउपप्रमुख अञ्जु दहितले पेश गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश