किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?

Posted on: 07 Apr, 2016

Captureपर्वत, नीजि अस्पतालका डाक्टरहरु विच झगडा हुने मनमुटाब हुने खबर बाहिर त्यति आउँदैनन् तर सरकारी अस्पतालका डाक्टरहरु भने झगडामा अल्झीरहेका हुन्छन् । जिल्ला स्वास्थ्य अस्पताल पर्वतमा केहि महिना अगाडी (भदौमा) डाक्टरहरु विच मनमुटाब हुदाँ विरामी मर्कामा परेको घटना सेलाउन नपाउँदै फेरि अर्को महाभारत जिल्ला अस्पताल पर्वतमा भेटियो ।

पछिल्लो समयमा सरकारले सेवा सुविधा सरकारी अस्पतालमा बढाएता पनि नागरिक सरकारी अस्पतालमा जान भने त्यति रुचाउँदैनन । सरकारी अस्पतालमा राम्रो स्वास्थ्य परिक्षण नहुने र डाक्टरहरुको लापरवाही गर्ने लगाएतका कारण हुने भएका कारण सरकारी अस्पतालमा सेवाग्राहीको सहभागीता कम हुने गरेको पाइन्छ । डाक्टरहरुको आपसी मन मुटाबका कारण पर्वतका विमामीहरु मर्कामा पर्दै आएका छन । जिल्ला अस्पताल पर्वतका डाक्टरहरुमा पछिल्लो समय  आपसी विवाद बढेपछि सेवामा ढिलाई हुन थालेको हो । डिउटीको समय निर्धारणमा  डाक्टरहरु विच विबाद बढेका कारण विरामीले समयमा सेवा पाउन  सकेका छै्रनन ।

जसका कारण दिँउसो अस्पतालमा ल्याइएका विरामीले साँझ सम्म उपचार पाउन सकेनन् । अस्पतालले विभिन्न सुधारका कार्यक्रममा सञ्चालन गरेको भएपनि सेवामा प्रतिबद्ध नहुँदा सेवाग्राहीले मर्काैमा पदै आइरहेका छन् । मंगलबार कुश्मा नगरपालिका १६ की विष्णु सुनुवार  एक्कासी वेहास भएपछि आफन्तले जिल्ला अस्पताल पर्वत ल्याए ।  दिउँसो दुई वजे वेहोस भएकी सुनुवारले साँझ ६ बजे सम्म डाक्टरको परामर्श पाईनन । कारण थियो कुन डाक्टरले कति बजेसम्म विरामी हेर्न भन्ने विवाद ।

डाक्टरहरु विच समय बाँडफाँडको विवाद भएका कारण विरामीले सहि समयमा परामर्श पाउन नसकेको जिल्ला अस्पतालले स्वीकार गरेको छ । कति समय देखि कति कसले हेर्न भन्नेबारेमा डाक्टहरु विच विवाद चर्किएपछि अस्पतालमा आएका विरामी परामर्श विहिन भएका हुन् ।  सरकारी तबल र भत्ता खाएर बस्ने डाक्टरहरुको लापरवाहीका कारण सर्वसाधरणमो जनस्वास्थयमाथिनै खेलवाड गर्न खोजिएको भान हुन थालेको छ । सहि समयमा आफ्नो ड्यूटी पुरा गर्नको लागि समय निर्धारण गर्न नसकी विरामीलाइनै मर्कामा पार्ने गरी डाक्टहरु झगडामा व्यस्त हुनाले सेवाग्राही मर्कामा परेका त छन् सरकारी अस्पतालको गुणस्तरमा पनि प्रश्न चिन्ह उठेको छ ।

आफन्तले ईमजेन्सीमा भर्ना गराउन खोज्दा  अस्पतालले भर्ना लिइएन । दिउँसो बेहोस भएको विरामीलाई साँझ ६ बजे मात्र अस्पतालले भर्नामा लिएको हो । आफन्त  सुनिल सुनुवारमा अनुसार डाक्टरको विलम्भका कारण  उपचारमा ढिलाई भएको हो । एक छोराकी आमा सुनुवार काम गर्दा होस गुमाएर पल्टीएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचार हुन नहुने बारेमा पनि आफन्त रात भर वेखवर बन्नु प¥यो । सामान्य परीवारका भएका कारण अस्पतालले वेवस्था गरेको  हुन सक्ने परिवारले बतायो । उपचार गराउन अस्पताल ल्याएका आफन्तले  डाक्टरको सेवा विरामी मैत्री नपाएको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा विरामी विहान देखि बेलुका सम्म रहँदा पनि डाक्टरहरु उपचारको लागि कोहि पनि खटिन सकेनन ।

3Capture

अस्पताल प्रमुख डाक्टर भवानी प्रसाद शर्माले विरामी अवस्था हेरेर उपचार गरीएको बताए । अस्पतालले धेरै जनसंख्या लाभान्वीत गराउन  उदेश्यले सेवा सुधारमा लागिएको शर्माले बताए । काम गर्दा केही ढिलाई भएपनि सेवमा कुनै कसुर बाँकी नराखेको शर्माको भनाई छ ।  यसरी अस्पतालले धेरै सेवामा गुणस्तर ल्याउन सुधारी गरीरहेको बताइए  पनि सेवा ग्राहीले भने यसको अनुभुती गर्न सकेका छैनन । उनिहरुले विरामी मैत्री वातावरण अस्पतालामा कायम  नहुँदा   निजी किल्निक मार्फ सेवा लिनु परेको बताएका हुन ।

अस्पतालका डाक्टहरुको  आपसी मनमुटाबका कारण पनि पछिल्लो समय सेवा अवरुद्ध हुँदै गएको अस्पतालले बताएको छ ।  सरकारी नून खाएर सरकारी सेवामा समर्पित हुन्छु भनी सरकारी अस्पतालमा आएका डाक्टरहरुको गाइजात्राले यतिबेला देशमा भएका सरकारी अस्पतालको प्रतिनिधित्व गरेको छ । विरामीको चाप किन आजभोली सरकारी अस्पतालमा कम छ भन्ने कुराको पनि उत्तर दिएको छ । सरकारी अस्पतालमा कहिले डाक्टरको कलह झगडा त कहिले भ्रष्टचारका काण्डमा रुमलिएको छ ।

डाक्टर आफ्नो कार्य अवधी नै भुली कार्यालयमा नआउने गरेको जिल्ला अस्पतालका नर्सहरुको भनार्ई छ । आफ्नो जिम्मेवारी के हो र कति बेला सम्म हो भन्ने कुराको पनि बोध हुर्दैन जिल्ला अस्पतालका डाक्टरहरुलाई जसका कारण जिल्ला अस्पतालमा आउने विरामीको संख्या कम हुदै गएको देखिन्छ । जसका कारण राज्यले स्वास्थ्य क्षेत्रमा गरेको करोडौ रकम यस्तै डाक्टरका कारण बालुवामा पानी सरह बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!