३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सकियो एसएलसी

२६ चैत्र २०७२, शुक्रबार ०५:५७

student

पर्वत चैत्र २६ गते । यहि चैत्र १८ गतेबाट शुरु भएको प्रवेशीका परिक्षा अर्थात् एसएलसी परिक्षा सकिएको छ । जिल्लामा यस बर्षको एसएलसी परिक्षामा शान्तीपूर्ण र मर्यादीत तरीकाले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएका छ । परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको एसएलसी परीक्षामा जिल्लाभरबाट  ४ हजार ४ सय १९ विद्यार्थीहरुले एसएलसी परिक्षामा समामेल भएका थिए ।

जसमध्ये  नियमीत तर्फ ३ हजार ३ सय ६१ र एग्जाम्टेड् तर्फ १ हजार ५८ बिधार्थी रहेका छन् । यस्तै नियमीत तर्फ १ हजार ६ सय १६ छात्रा र १ हजार ७ सय ६ छात्रले एसएलसी परिक्षा दिदै छन् भने एग्जाम्टेड् तर्फ १ हजार ५८ छात्रा  र ६ सय ३४ छात्र। खुल्ला बाट १३ जना विद्यार्थी सहभागी भएको शिक्षा कार्यालयले जनाएको छ ।

७५ प्रतिशत हाजिरी नपुगेका कारण जिल्लाका विभिन्न विद्यालयका गरी ३६ जनाभने एसएलसी दिनबाट बञ्चित भ एभने एसएलसीको पहिलो दिनमा ८०भन्दा बढी विद्यार्थी परिक्षामा सहभागि भएनन् । १९ वटा केन्द्रबाट संचालन गरीएको एसएलसी परिक्षाबाट जिल्ला शिक्षा कार्यायल पर्वतले केहि आलोचना पनि खेप्नुप¥यो ।

आफ्नो स्वार्थ पुरा गर्नको लागि र नजिक बनाउनको लागि शिक्षा ऐन विपरीत केन्द्रकरणको नीति लागु गरेर जिल्ला शिक्षा कार्यालय पर्वतले नीजि विद्यालयसँग हिमचिम बढाएको आरोप समेत खेप्यो ।   एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा बिद्यार्थीहरुको नाम थर जन्म मिती, ठेगाना अंग्रेजी हिज्जे र परीक्षा दिएको बिषय गल्ति कम गर्न परीक्षार्थीहरुलाई परीक्षाको अन्तिमदिन परिचयपत्र बितरण समेत गरिएको थियो ।

यस बर्ष देशभरबाट   छ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी भए ।  जसमा नियमिततर्फ चार लाख ५२ हजार ८ सय ८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी भए । यसैगरी प्राविधिकतर्फ तीन हजार २ सय ५५ परीक्षार्थी सहभागि भए  भने सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिए ।  परीक्षाका लागि देशभर एक हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’