२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वडा अध्यक्षको तलव सामाजिक कार्यमा

२१ चैत्र २०७५, बिहीबार १५:२२

माधव बेल्वासे | चैत २१, कपिलवस्तु (चन्द्रौटा) | शिवराज नगरपालिका वडा ३ हचुवाका अनिता सारुको छारीको जिव्रोमा आएको समस्याले उनलाई पिरुलेको थियो ।

न पैसा छ न काम नै पाईन्छ छोरीको जिव्रोको अप्रेसन गर्न डाक्टरले भनेको छ दुखीत हुदै ऋणको खोजीमा हिडिन । सामाजिक कार्यमा भिजेको वडा अध्यक्ष टेकलाल सापकोटा वाट उनलाई ८ हजार नगद सहयोग भयो । त्यो रकम तिर्न नपरेपछी उनि खुसी हुदै छोरीको उप्रेसन तर्फ लागाीन । छोरीलाई राम्रो बनाउने उनको सपना वडाअध्यक्षले पुरा गरिदिए । “पैसा थोरे लागेपनि आफु सग नभएपछि सारै समस्या हुदो रहेछ अध्यक्षले मलाई सहयोग गरेर गुन लगाउनु भएको छ ”सारुले भनिन ।

त्यती मात्र होइन  स्थानिय बमाण थारु शारिरिक रुपमा अपांग छन । उपचारको लागी पैसा नहुदा उनिपनि सारै समस्यामा थिए । वडा अध्यक्षले वाटोमै भेटेर नगद २ हजार दिएपछि उनि उपचार तर्फ लागे । शिवराज नगरपालिका वडा न ३ हचुवा वुट्टीलाल मगरको घरमा आगलागी पछि घरवार विहिन भएका परिवारलाई वडा अध्यक्ष सापकोटाले घर निमार्णको लागी १० हजार बरावरको जस्ता पाता सहयोग गरे । यस्ता उदाहरण हरु धेरै छन वडा अध्यक्षा टेकलाल सापकोटाका  ।

कतै वडा अध्यक्षहरुको मिलोमत्तोमा लाखौको भष्टचार त कतै कृषकलाई दिएको अनुदान वडा अध्यक्षको घरमा, यस्ता समाचार नसुनिएको होइन । तर कतिपय वडा अध्यक्ष तथा जनप्रतिनिधि समाजका लागी काम गरेर उदाहरणिय बन्न पुगेका छन ।जनताले चुनेका जनप्रतिनिधिले जनताकै हितमा काम गरुन् भन्ने चाहाना सबैको हुन्छ । तर निर्वाचनका बेला जनता समक्ष गरेका बाचा अधिकांश जनप्रतिनिधिहरुले भुल्ने परम्परा बसेको छ । 


अधिकांश जनप्रतिनिधि निर्वाचनमा जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका छन । तर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्षले  सरकारबाट पाउँदै आएको तलव सामाजिक काममा खर्च गर्दै आएका छन । वडा अध्यक्ष टेकलाल सापकोटाले पाउँदै आएको तलव नगरका शैक्षिक सस्था, धार्मिक स्थल,पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा सहयोग गर्दै आएका हुन् ।

स्वास्थ्य सस्था दुखी गरिव विपन्नलाई पनि सापकोटालो सहयोग गरेका छन । जितिसके पछि फर्केर समेत जनता समक्ष नजाने जनप्रतिधिनिका लागि एउटा गतिलो उदाहरण पेस गर्न सफल भएका छन् अध्यक्ष सापकोटा । 

पहिलो वर्षको तलवले चनइ स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर संचालनको लागी १५ हजार,स्वगद्धाराी गरुकुल पाठसालालाई ५१ हजार,नयावस्तिमा रहेको दुर्गा भगवती माविलाई ५१ हजार,दउराली आधारभुत विद्यालयलाई २५ हजार,सुपा देउराली मन्दिरलाई ३१ हजार,निसन्तान एक दम्पतीलाई ५१ हजार सहयोग गरेका छन । त्यस्तै आगलागी पिडित, विपन्न वर्गका विद्यार्थीहरु, गरिव, असाहयहरुलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असाहय विरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा खर्च गरेका छन् ।

अध्यक्ष सापकोटाले आफु तलब खानाको लागि नभई जनताको सेवामा समर्पित हुन निर्वा्चित भएको बताए । उनी भन्छन् ‘सरकारले जेजति पारिश्रमिक उपलब्ध गराएको छ त्यो सबै रकम विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रयास गरेको छु । जनताको लागी काम गरेर आफु वडा अध्यक्षमा निर्वाचित भएको उनको भनाई छ । 

वडा अध्यक्षको काम प्रति आफु सन्तुष्ट रहेको स्थानिय यमलाल भुषालले वताए । “हामीले भने अनुसार नै काम गर्नुभएको छ, विकासको लागी वडाको मुहार फेरिएको महशुस गरेका छौ”भुषालले भने ।  शिवराज नगरपालिका भित्र रहेका ११ वटा वडा अध्यक्ष मध्ये तलव सामाजिक क्षेत्रमा खर्च गर्ने सापकोटा मात्र वडा अध्यक्ष हुन । निर्वाचन ताका अध्यक्षले आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाएका थिए । वडा अध्यक्षको मासिक पारिश्रमिक २५ हजार हो । उनले निर्वाचन पछि अहिले सम्म ४ लाख वढी सहयोग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी