2026-09-14 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख २ गते सम्म सडक खानो महोत्सव हुन लागेको हो ।
पर्वत जेसीजको आथिथ्यता र म्याग्दी जेसीजको आयोजनामा विहिबार बेनीमा पत्रकार सम्मेलना गरि महोत्सवको जानकारी दिएका हुन् ।

नेपालीहरुको नयाँ बर्षलाई हर्षोउल्लासका साथ मनाउन र जिल्लामा लुकेर कलासस्कृतिको उजागर, पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादीत चिजहरुबाट बनेको मौलिक खानाहरुको प्रर्वद्धन गर्नका लागि महोत्सव आयोजना गरिएको पर्वत जेसिजका पुर्व अध्यक्ष एवम् महोत्सवका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

सडक महोत्सवबाट विविध जातीको मौलिक परिकारहरुको प्रवद्र्धन, धौलागिरि अञ्चलको धार्मिक तथा पर्यटकियस्थलहरुको पर्यटन प्रवद्र्धन, जिल्ला कलासस्कृतिको विकासका लागि आयोजना गरिएको महोत्सवलाई सफल बनाउन प्रचारप्रसारलाई तिव्रता दिएको पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।

महोत्सवमा म.म खाने प्रतियोगिता र जलेवी दौड आयोजना गरिएको छ । कुश्माको लोकतान्त्रीक चोकमा हुने महोत्सवमा २० ओटा स्थानीय उत्पादनहरु राख्ने स्टलहरु रहनेछन् । महोत्सवका लागि २४ लाख ३० हजार आम्दानीसंगै खर्च हुने अध्यक्ष आचार्यले जानकारी दिए ।

जेसिजको आयाजेनामा हुने सडक महोत्सवले पर्वत, बागलुङ र म्याग्दीको प्रमुख पर्यटकीय र धार्मिक स्थलहरुको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने नेपाल जेसिजका पुर्व अध्यक्ष धनज्यकुमार श्रेष्ठले बताए । त्यस्तै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले रमाईलो लागि भन्दा पनि सन्देशमुलक रुपमा महोत्सवलाई संचालन गर्न आयोजकलाई आग्रह गरेका थिए ।

पर्वत जेसिजका अध्यक्ष आचार्यको अध्यक्षता, म्याग्दी जेसिजका अध्यक्ष खम थापामगरको स्वागत मन्तव्य तथा पर्वत जेसिजका महासचिव राम शर्माको संचालनमा भएको कार्यक्तममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतमले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्तमा म्याग्दी र पर्वत जेसिजका पुर्व अध्यक्ष र सदस्यहरुको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ