२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समुहलाई सामग्री हस्तान्तरण

२०७५, २२ चैत्र शुक्रबार १५:३२

भाष्कर के.सी, चैत्र २२, कञ्चनपुर | राष्ट्रिय बन विकास तथा व्यवस्थापन कार्यक्रम शिर्षक अन्र्तगत अग्नी नियन्त्रण सम्बन्धी सामग्री डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायक बन उपभोक्ता समुहलाई हस्तान्तरण गरेको   छ । 

वनक्षेत्रमा डढेलो रोकथाम, नियन्त्रण गर्न साथै छिमेकी समूह तथा राष्ट्रिय वनक्षेत्रमा समेत वन डढेलो नियन्णमा परिचालन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत मोहन राज काफ्लेले समुदायिक वन उपभोक्ता समुहलाई हस्तान्तरण गर्नु भयो ।


 वन डढेलो लाग्ने सम्भावना बढी भएको क्षेत्रलाई छनौट गरी ती क्षेत्रमा समाग्री वितरण गरिएको छ । वैजनाथ सा.व.उ.स भीनपा ९ मटेना का अध्यक्ष किसन नाथ, बैजनाथ सा.व.उ.स शुक्लाफाटा ८ का सचिव डबल सिह धामी, वाणी सब डिभिजन वन कार्यालय कञ्चनपुरका स.ब.अ विश्वराज पण्डिछ साथै अमर श्रीकृष्ण सा.व.उ.स पु.न.पा. ११ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बानियालाई स्वाटर १, रेक विथ आईरन हेन्डल १, कटन जम्प सुट १, पन्जा २, सेफ्टी हेल्मेट २, २० लि. व्याक पेक (फायर फाईटर स्प्रेयर) १, मास्क २ थान  दिइएको छ भने बैजनाथ सा.व.उ.स शुक्लाफाटा ८, वाणी सब डिभिजन वन कार्यालयलाई थप १–१ २० लि. व्याक पेक (फायर फाईटर स्प्रेयर) दिइएको छ । 


बार्षिक कार्यक्रम २०७५÷०७६अन्तर्गत दुई लाख रुपैया बजेटमा प्रभावकारी ढंगबाट कार्य गर्नको लागि उक्त समग्री खरीद गरी वन डढेलो बाट केही हद सम्म पनि नियन्त्रण गर्नको लागि सामग्री हस्तान्तरण गरेको वन अधिकृत काफ्लेले बताउनु भयो । कार्यक्रम सहायक वन अधिकृत शिवलाल अवस्थीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी