३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटन प्रवद्र्धन गर्न कपिलवस्तुका पत्रकार पर्वतमा

२८ चैत्र २०७२, आईतवार ०३:०२

पर्वतको पर्यटकीय आकर्षणले पत्रकार टोलीलाई समेत छाडेन । कपिलवस्तुका पत्रकार महासंघका सदस्य लगायत अन्य पत्रकारहरुको टिम शनिवार पर्वत आईपुगेको थियो । पत्रकारको आगमनको उद्देश्य जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । कपिलवस्तुबाट १६ जना पत्रकारहरु पर्यटन प्रवद्र्धन गर्ने अभियान लिएर पर्वत आईपुगेका थिए ।

पर्वतमा पर्यटन प्रवद्र्धन विषयमा कपिलवस्तुका पत्रकार र पर्वतका पत्रकार लगायत अन्य सरोकारवालाहरु विच अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा पर्वतको पर्यटन क्षेत्र र यसको संभाव्यताबारे जिविस पर्वतका सूचना अधिकृत तुलसी शर्मा पौडेल र सामाजिक परिचालक अधिकृत चन्द्रबहादुर क्षेत्रीले जानकारी गराएका थिए भने कपिलवस्तुको पर्यटनको संभावनाबारेमा पत्रकार वसन्त गिरी लगायतले जानकारी गराएका थिए ।

अन्तरक्रियामा दुवै जिल्लाको पर्यटन विकासमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा समेत चर्चा गरिएको थियो । कपिलवस्तुका पत्रकारहरुले सदरमुकाम कुश्माका झोलुङगे पुलहरुको अवलोकन गरेका थिए । सो कार्यक्रममा पत्रकार महासंघ पर्वतका सचिव छविलाल तिवारीले आगन्तुक पत्रकारहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति