2026-09-14 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफा सडक बनाउन ‘स्टिकर अभियान’ सुरू

चैत २३, पर्वत – पर्वत जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान सुरू भएकाे छ । सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ ।

सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभियान’ सुरु गरिएको छ । यात्रुले जथाभावी रुपमा फोहर फाल्न थालेपछि सरसफाइसम्बन्धी जनचेतना जगाउने र सचेतसमेत बनाउने उद्देश्यले ‘स्टिकर अभियान’ चलाइएको हो ।

यात्रुले फालेका खाने कुरा र फोहरले सडकमा दुर्गन्ध बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी पर्वतले सवारी साधनमा सबै यात्रीले देख्ने गरी ‘पर्वतको सडक फोहोर फाल्न निषेध’ भन्ने नारासहितको स्टिकर राखेका छन् । पर्वतमा हालसम्म पाँच सयभन्दा बढी सवारी साधनमा स्टिकर टाँस्ने काम भएको छ । 

सडक फोहर फाल्न निषेध भन्ने नारासहितको सन्देश पर्वतबाट देशका विभिन्न ठाउँमा छुट्ने सवारी साधनमा टाँस्ने अभियान शनिबारदेखि सुरु गरिएको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए । “धेरै यात्रुले बसमा आवतजावत गर्दा खाने र जथाभावी फोहर प्याक्दा दुर्गन्ध फैलिँदै आएको छ”, प्रमुख तिवारीले भने । स्टिकर टाँस्ने अभियानपछि यात्रुले जथाभावी फोहर फालेमा कारवाही गर्ने तयारी पर्वत प्रहरीको छ । अभियानले पर्वतलाई स्वच्छ हराभरा बनाउनेमा आफू विश्वस्त रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ