Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीमा एक महिला मृत फेला, श्रीमानसहित घरका सबै सदस्य फरार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २३, सर्लाही । जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् ।

स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् ।

घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई श्रीमान्बाट पटकपटक कुटपिट गर्ने गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् ।

मृतक महिलाको घाँटीमा निलडाम देखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सागरदेवीको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवा ल्याइएको र घरका सदस्यको खोजी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।