पढ्न करिब 1 मिनेट लाग्छ
<p> <b>चैत २४, डोटी । </b>डोटीको सेती नदीमा बगेर एक हप्ताअघि बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको आइतबार शव फेला परेको छ । सेती हाईड्रो पावरमा कार्यरत ओली ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा बगेर बेपत्ता हुनु भएकाे थियाे । </p><p>उहाँको शव सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा एसपी प्रदीपकुमार पालले बताउनुभयो । बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको हाे । </p><p>जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती हाइड्रो पावर निर्माणको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि काम गर्न प्राविधिक ओली डोटी आउनु भएको थियो । </p>

