२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुत्केरी श्रीमती कुट्ने परियार प्रहरी खोरमा

२०७५, २६ चैत्र मंगलवार ०३:४४



फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट लागेको छ ।मुनालाई छिमेकीको सहयोगमा राति नै जिल्ला अस्पताल लगिएको थियो ।


थप उपचारका लागि उनलाई सोमबार दिउँसो पोखरा लगिएको छ । उनको टाउकोमा ३१ टाका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन् । ‘टाउकोमा गहिरो घाउ छ । सिटिस्क्यानका लागि पोखरा पठाइएको हो,’ उनले भनिन् । पर्वत जिल्ला अस्पतालमा सिटिस्क्यान सेवा नभएकाले पोखरा पठाइएको उनले बताइन् । 


मदनले रक्सीको सुरमा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मातेर राति घर आएका र एक्कासि हातपात गरेको मुनाले बताइन् । ‘कुटपिट त अरू वेला पनि गर्थे, सुत्केरी भएकै अवस्थामा त्यसो गर्लान् भन्ने सोचेकी थिइन् । तर, शिशु लिएर बसेकै अवस्थामा चिर्पटले टाउकोमा हाने,’ उनले रुँदै भनिन् । कुटपिट हुँदा घरमा अरू कोही नभएको उनले बताइन् । 


घरमा पटकपटक झैझगडा हुने भएपछि उनका ससुरा कमल नेपाली छुट्टै बस्ने गर्छन् । ‘पटक–पटक झगडा गर्ने र उदण्ड मच्चाउने गथ्र्यो, त्यही भएर अन्तै बस्छौँ । तर, श्रीमतीको यो हाल बनाउलाजस्तो लागेको थिएन,’ उनले भने ।छिमेकीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि फलेवास नगरपालिका–१ कार्कीनेटाबाट गएको प्रहरीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ । पीडितबाट लिखित उजुरी नआइसकेकाले कानुनी प्रक्रिया अघि बढाउन नसकेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु