Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हावाहुरीका कारण स्वास्थ्य सेवा प्रभावित

२०७५, २६ चैत्र मंगलवार १०:२८

चैत २६, डोटी । आदर्श गाउँपालिका वडा नँ १  चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिए । 

एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि उडाएको बताइएको छ । छाना मर्मतसहित अन्य उपकरणको व्यवस्था मिलाइदिन स्थानीयवासीले आग्रह गरेका छन् । 

लाखौँको नोक्सानी

हावाहुरीसँगै आएको असिनाले जिल्लाका विभिन्न ठाउँमा लाखौँको बालीनाली नोक्सानी गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ ।  केन्द्रका अनुसार जिल्लाका बडिकेदार, जोरायल, केआइसिंह, सायल, आदर्श, पूर्वीचौकी, बोगटानलगायत गाउँपालिका तथा शिखर नगरपालिका– १ मा ठूलो मात्रामा असिना परेको छ । असिनाका कारण सो क्षेत्रका सयौँ रोपनी खेतमा लगाइएको लाखौँको गहुँजौ खेती, तोरीबाली तथा तरकारीलगायत अन्यबालीमा ठूलो नोक्सानी पुगेको छ । असिना तथा हावाहुरीले जिल्लामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । 

सोमबार साँझ ५ बजेतिर आएको हावाहुरीसँगै परेको असिनाले पाकेर भित्र्याउनै लागिएको गहुँबालीमा बढी नोक्सान पुर्याएपछि यहाँका किसान भोकमरी हुने चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा गहुँ र तोरी खेतीमा आश्रित  किसान असिना पानीले फुलेको तोरी र पाकेको गहुँमा क्षति पुगेपछि निराश भएका छन् । असिनाले किसानले लगाएका टमाटर, बन्दा, प्याज र काँक्रा खेतीमा समेत नोक्सानी पुगेको बताइएको छ । 

जोखिम न्यूनीकरणका योजना माग हुँदैनन्

जिल्लामा विपद् जोखिम न्यूनिकरणका योजनामा माग नै नहुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले आफू निर्वाचित भएर आएदेखि हालसम्म कसैले पनि विपद् जोखिम न्यूनीकरणका योजना माग नगरेको बताए ।

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र(सिडिसी) डोटीले  पूर्वीचौकी गाउँपालिकामा जनप्रतिनिधि र सरोकारवालासँग गरेको संवाद कार्यक्रममा  अध्यक्ष बोगटीले मागै नभएका योजना बनाउन गाह्रो हुने बताउँदै भने, ‘गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कार्यविधि पास गरिसकेको छ, योजना चाहियो ।’ उक्त गाउँपालिकामा विपद्का हिसाबले सङ्कटासन्न क्षेत्र पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराइएको र  विपद् व्यवस्थापनका लागि करीब रु  १५ लाखको कोष स्थापना भएको अध्यक्ष बोगटीले जानकारी दिए ।

बस्तीस्तरबाटै विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजना माग भएर आएमा निश्चित योजना बनाएर लागू गरिने पूर्वचौकी गाउँपालिकाका उपाध्यक्ष एवं योजना तर्जुमा समितिका अध्यक्ष निर्मला साउदले बताए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले परियोजनाअन्तर्गत भइरहेका कार्यक्रमबारेमा जानकारी दिएका थिए । सिडिसीले सञ्चालन गरिरहेको नेपाल विपद् जोखिम न्यूनीकरण परियोजना २०१८ फेबु्रअरीदेखि २०१९ सेप्टेम्बरका लागि डोटीका दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित