Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २७, सर्लाही | सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर २ जनाको मृत्यु भएको छ | मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको मृत्यु भएको हो ।

मदनबाबा इट्टा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो।

मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा डुबेको अवस्थामा शव फेला परेका थिए । इँटा उद्योगमा काम गर्ने मजदुरले पानीमा तैरिरहेको अवस्थामा बालिकाहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।

दुवै मृतकको शव परिक्षणका लागि राति मलंगवा अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।

(समाचारमा मदनबाबा इट्टा उद्योग हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याईएको छ । स )