२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

स्थानीय सरकारप्रति गुनासै गुनासा

२७ चैत्र २०७५, बुधबार ०७:५९

चैत २७, पाल्पा | स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाले आव २०७५/७५को सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरकारद्वारा सम्पादित काममा सार्वजनिक चासोका विषयमा ढिलासुस्ती, शाखा प्रमुख कार्यालयमा भेट नहुनु, आयोजनास्थलमा होर्डिङबोर्ड नहँुदा स्थानीय बासिन्दा समस्या खेप्न बाध्य भएको गुनासो गरेका छन् ।

तिनाउ दोभानकी मथुरा भट्टराईले गाउँपालिकाभित्र प्रशस्त सम्भावना रहे पनि यहाँका युवाले अवसर प्राप्त गर्नबाट बञ्चित हुनुपरेको बताउनुभयो । स्थानीय बासिन्दा शिव पाण्डेयका अनुसार यहाँ बालबालिका उच्च शिक्षा हासिल गर्नभन्दा चालक बन्ने लर्को छ । उनीहरुलाई प्राविधिक शिक्षातर्फ लगाउन आवश्यक रहेको छ । दोभानकी नैन क्षेत्रीले महिला कमजोर रहेकाले बजेट कमी हुँदा महिलामुखी कार्यक्रम तय गर्न चुनौती भएको बताउनुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुलाराम घर्ती ‘वसन्त’ले सार्वजनिक सुनुवाइले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँले चुनाव जितेपछि पाँच वर्षसम्म जे गरे पनि हुन्छ भन्ने मान्यतालाई तोडेर जनताप्रति उत्तरदायी हुन सार्वजनिक सुनुवाइले सहयोग गरेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाभित्रका नागरिकले उठाएका सवाल महत्वपूर्ण रहेकाले, प्राथमिकताका आधारमा समधानमा चासो रहने बताउनुभयो । उहाँले गाउँसभा र कार्यपालिकाको बैठकले जनचासोका विषय समधान गर्ने गरी गाउँपालिका लागेको बताउनुभयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पेनरुले जनशक्ति अभावले व्यवस्थापन चुस्तदुरुत बनाउन चुनौती रहेको बताउनुभयो । नागरिकहरुले वडापत्र राम्रोसँग अध्ययन नगरी गाउँपालिकामा अपुग कागज ल्याएर आउँदा फर्किएका छन् । कार्यक्रममा स्थानीय बासिन्दा महेन्द्र पाण्डेय, लक्ष्मी बस्याल, लालबहादुर थापा, टीकाराम भण्डारी, लालबहादुर दर्लामी, भवानी न्यौपाने र दिलकुमारी रोकाले स्थानीय सकारका गुनासा बढेकाले त्यसको समधानका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला