२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

स्थानीय सरकारप्रति गुनासै गुनासा

२०७५, २७ चैत्र बुधबार ०७:५९

चैत २७, पाल्पा | स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाले आव २०७५/७५को सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरकारद्वारा सम्पादित काममा सार्वजनिक चासोका विषयमा ढिलासुस्ती, शाखा प्रमुख कार्यालयमा भेट नहुनु, आयोजनास्थलमा होर्डिङबोर्ड नहँुदा स्थानीय बासिन्दा समस्या खेप्न बाध्य भएको गुनासो गरेका छन् ।

तिनाउ दोभानकी मथुरा भट्टराईले गाउँपालिकाभित्र प्रशस्त सम्भावना रहे पनि यहाँका युवाले अवसर प्राप्त गर्नबाट बञ्चित हुनुपरेको बताउनुभयो । स्थानीय बासिन्दा शिव पाण्डेयका अनुसार यहाँ बालबालिका उच्च शिक्षा हासिल गर्नभन्दा चालक बन्ने लर्को छ । उनीहरुलाई प्राविधिक शिक्षातर्फ लगाउन आवश्यक रहेको छ । दोभानकी नैन क्षेत्रीले महिला कमजोर रहेकाले बजेट कमी हुँदा महिलामुखी कार्यक्रम तय गर्न चुनौती भएको बताउनुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुलाराम घर्ती ‘वसन्त’ले सार्वजनिक सुनुवाइले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँले चुनाव जितेपछि पाँच वर्षसम्म जे गरे पनि हुन्छ भन्ने मान्यतालाई तोडेर जनताप्रति उत्तरदायी हुन सार्वजनिक सुनुवाइले सहयोग गरेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाभित्रका नागरिकले उठाएका सवाल महत्वपूर्ण रहेकाले, प्राथमिकताका आधारमा समधानमा चासो रहने बताउनुभयो । उहाँले गाउँसभा र कार्यपालिकाको बैठकले जनचासोका विषय समधान गर्ने गरी गाउँपालिका लागेको बताउनुभयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पेनरुले जनशक्ति अभावले व्यवस्थापन चुस्तदुरुत बनाउन चुनौती रहेको बताउनुभयो । नागरिकहरुले वडापत्र राम्रोसँग अध्ययन नगरी गाउँपालिकामा अपुग कागज ल्याएर आउँदा फर्किएका छन् । कार्यक्रममा स्थानीय बासिन्दा महेन्द्र पाण्डेय, लक्ष्मी बस्याल, लालबहादुर थापा, टीकाराम भण्डारी, लालबहादुर दर्लामी, भवानी न्यौपाने र दिलकुमारी रोकाले स्थानीय सकारका गुनासा बढेकाले त्यसको समधानका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने