2026-09-14 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै

राजेन्द्रप्रसाद पनेरु, चैत २७, कञ्चनपुर | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको सङ्ख्या २२ ले बढेको छ । 

वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्यामा प्रति बर्ष वृद्धि हुदै जान थालेको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार यसवर्ष कृष्णसारका वयस्क भाले २४, पोथी २७, अर्ध वयस्क भाले ४, पोथी चार र एक हप्तादेखि पाँच महिनासम्मका बच्चाको सङ्ख्या ३१ रहेको छ ।  

सन् २०१७ मा कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले ८, पोथी दुई र एक हप्तादेखि पाँच महीनासम्मकाको सङ्ख्या १६ रहेको थियो । सन् २०१६ मा कृष्णसारको सङ्ख्या यहाँ ४५ मात्रै थियो । सोमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ रहेको थियो । 

वि.सं २०६९ असोजमा नेपालगञ्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुरमा स्थानान्तरण गरिएको थियो । कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिन दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि उपलब्ध गराइँदै आएको छ । अतिरिक्त खानाको व्यवस्थाका कारण कृष्णसारको सङ«ख्या बढेको अधिकृत चौधरीले बताए ।

कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चार पोखरी र दुई छहारी घर निर्माण गरिएका छन् । संरक्षित क्षेत्रभित्र कृष्णसारलाई खानाको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको छ । निकुञ्जको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको थियो । कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउन २५ हेक्टर क्षेत्रफलमा ग्याविन बक्स र त्यसको पछाडि विद्युतीय तारबार (फेन्स वायर) जडान गरिएको छ ।

चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकुन भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका सहायक संरक्षण अधिकृत चौधरीले बताए । उनका अनुसार फेन्स वायरमा सोलारको मद्दतले विद्युत् छाडिने गरिएकाले बाह्य जनाबर त्यस क्षेत्रमा जान डराउने गर्दछन् । पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडकमा निकुञ्ज कार्यालयले ग्राभेल गरेको छ भने कृष्णसारलाई हेर्न मचानको समेत व्यवस्था गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनाश र चोरी शिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ । 

नेपालमा कृष्णसार सबैभन्दा बढी झण्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ । घाँसका फाँटमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङको हुन्छ । यसले ६÷६ महिनामा बच्चा जन्माउने गर्दछ । वर्षमा अन्य जनावर जस्तो कृष्णसारको सिङ्ग झर्दैन । वयस्क नभएसम्म भाले र पोथीको रङखैरो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले