Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जाजरकोटका दुर्गम बस्तीमा खानेपानीको चरम अभाव

By kit 4 मिनेट पढाइ

चैत २७, जाजरकोट |  दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ ।

स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीयवासी समस्यामा परेका छन् । खानेपानी अभावमा यहाँ रहेको जनता आधारभूत विद्यालयका दुई सय विद्यार्थी समेत प्रभावित भएका छन् । गाउँका महिला र बालबालिकाले पानी ओसारपसारमै समय खर्चिने गरेका छन् । कतिपय स्थानीयवासी आकाशे पानी सङ्कलन गरेर गुजारा चलाउन बाध्य रहेका स्थानीयवासी मने कामीले बताउनुभयो ।

पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भएको उहाँको भनाइ छ । गाउँ आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिङ्गो गाउँ रहेको स्थानीयवासी सावित्रा विकले बताउनुभयो  । उहाँले भन्नुभयो, “एक गाग्री पानी ल्याउन घण्टौं पालो कुनुपर्ने, त्यसैमा दूषित पानी छ, कपडा धुन र नुहाउन दुई घण्टा टाढाको घाटखोला जानुपर्ने बाध्यता छ ।” महिनावारी र सुत्केरी महिलालाई सरसफाइमा झन समस्या हुने गरेको बताइएको छ ।

जलवायु परिवर्तन, बढ्दो वन विनाश, बाढी पहिरो, सुक्खा खडेरीलगायत कारण गाउँमा खानेपानीको समस्या बढ्दै गएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “वृहत खानेपानी आयोजनाको पहलमा छौँ, प्रदेश सरकारले सहयोग गरेमा अर्को वर्ष खानेपानीको समस्या हल हुनेछ ।” गाउँपालिकाको बजेटबाट सो खानेपानी आयोजना निर्माण गर्न अर्थ अभाव रहेको शाहले जानकारी दिनुभयो ।

रासस