२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एक वर्षे सिलाई कटाई तालिम

२०७५, २७ चैत्र बुधबार १४:५२

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | महिलाहरु आत्मनिर्भर बनाउने उद्देश्यले बाल अपाङ्ग टेवा सस्थानले कपिलवस्तुमा प्रत्येक वर्ष सिलाई कटाई तालीम संचालन गर्ने गरेको छ ।उक्त तालिम वाट वर्षे्नि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन । वुधवार चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी २०७६ सालको लागी ३४ जना महिला तथा युवतीहरुलाई तालिमको लागी छनोट गरिएको छ भने २०७५ सालको तालीमलाई समापन गरिएको छ ।


स्थानिय महिलाहरुको जिवनस्तर उस्काउन र आत्मनिर्भर बनाउने उद्दश्यले सो तालिम संचालन गरिएको सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाले वताए । उनले भने प्रत्येक वर्ष हामीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिम दिने गरेका छौ ।

शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिलाहरु अव व्यावसायमा लाग्नुपर्नेमा जोड दिइन। विभिन्न संघ सस्थाहरुले सिपमुलक तालिमहरु दिइरहेकोले अव महिलाहरु आत्मनिर्भर बन्ने उनले जनाईन । शिवराज नगरपालिकाले पनि प्रत्येक वर्ष सिलाइ कटाई जस्ता सिपमुलक तालिम दिइरहेको भन्दै सिपलाई ब्यभारमा उर्तान सहभागीहरुलाई आग्रह गरिन । काठमान्डौको एक सस्थाले शिवराज नगरपालिकामा आएर नगरका महिलाहरुलाई तालिम प्रदान गरेकोमा सस्थालाई धन्यावाद दिइन ।

कार्यक्रममा सस्थाका प्रोजेक्ट म्यानेजर भावना केसीले सस्थाको परिचय दिदै ४२ जना वालािलकाहरुलाई निशुल्क शिक्षा प्रदान,वालगृहलाई सहयोग,अशिक्षित महिलाहरुलाइ प्रोढ शिक्षा,अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेको वताइन ।

तालिमका प्रशिक्षक चन्दा थापाले सिप सिकेका अधिंकाह महिलाहरु आत्मनिर्भर बनेको दावी गरिन । सस्थाले दिएको तालिम पश्चात महिलाहरुले आफै व्यावासय सुरु गरेका उनले जनाइन ।

तालिममा कपिलवस्तुका अधिंकाश थारु समुदायका महिला युवतिहरुको सहभागिता रहेको थियो । तालिमलाई व्याभारिक्तामा ल्याउने सहभागिहरुले वताए । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।कार्यक्रममा बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष  डेण्डी शेर्पाको अध्यक्षता शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने