२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नापतौलका यन्त्र दर्ता नगरिए कार्वाही

२०७५, २८ चैत्र बिहीबार १३:४२

चैत २८, डोटी (रासस) | जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र  र ढक समयमा नै दर्ता तथा  जाँच नगराए कानूनी कार्वाही गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय निमित्त प्रमुख गुरुप्रसाद पोखरेलले जिल्लामा व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्र समयमा नै दर्ता तथा जाँच नगराएको पाइए कानुनी कारवाही हुने चेतावनी व्यापारी, व्यवसायी तथा सरोकार पक्षलाई दिनुभयो । 

व्यापारीले ढक, तराजु, मिटर, लिटरलगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ । व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको पोखरेलले जानकारी दिनुभयो । नापतौलमा प्रयोग हुने  ढक तथा यन्त्र  हरेक वर्ष जाँच गराउनुपर्ने र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्ने प्रावधान रहेको गुणस्तर तथा नाप तौल कार्यालय सिलगढीले जनाएको छ । 

जीर्ण टहरामा पढाइ

बडीकेदार गाउँपालिका वडा नं २ बरउस्थित शिशुदर्पण आधारभूत विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या भएको छ । भवन अभावमा कतिपय विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको  गाउँपालिका ५ स्यालीका बासिन्दा तथा शिक्षक धनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा पर्याप्त मात्रामा कक्षा कोठा नै छैनन्, भएका जति पनि जीर्ण छन्, कतिबेला के घटना हुन्छ थाहै छैन ।” जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त विद्यालयमा पानी परेका समयमा विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बेचन चौधरीले बताउनुभयो । 

केही दिन पहिले आएको हावाहुरीले विद्यालयको छानासमेत उडाएर लगेपछि झन् समस्या भएको प्रधानाध्यापक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा भएका छाना त चुहिने थिए, त्यसमा पनि अस्तिको हावाहुरीले छाना नै उडाएर लगेपछि झनै बिजोग भएको छ ।” 

विसं २०४६ मा स्थापित उक्त विद्यालयमा स्थापनाकालमै दुईकोठे टहरो तयार गरिएको भए पनि अहिले त्यो पूर्ण रुपमा जीर्ण भएपछि पठनपाठनमा बाधा भइरहेको गाउँपालिका वडा नं १ का  दानबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्षौं पहिले विद्यालय निर्माण भएको हो, सबै छाना जीर्ण भएका छन् कुन दिन भत्किन्छ र विद्यार्थी च्यापिएको खबर सुनिन्छ ।” 

हिजोआज बेलाबखत सामान्य पानी परिरहेकाले वार्षिक परीक्षा सञ्चालनका बेलामा समेत समस्या भएको शिक्षक बताउँछन् । कक्षा ५ सम्म पढाइ हुने सो  विद्यालयमा कूल ६४ विद्यार्थी छन् । आफ्नो विद्यालयको समस्या कसैले पनि नबुझिदिएको र भवन दिनसमेत कसैले  पहल नगरेको भन्दै स्थानीयवासी आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै