टेकेन्द्र बोहरा | चैत २९, बझाङ | बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाईएको छ ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकामा नेपाल शिक्षक सँगठनले गौरवशाली विगत, चुनौतिपुर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने मुल नाराका साथ ४० औ शिक्षक दिवश भव्यतासाथ मनाएका छन् ।

शुक्रवार भएको कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक सँगठन जिल्ला समितिका अध्यक्ष हरि प्रशाद जोशी रहेका थिए भने प्रमुख अतिथि पुर्व वन तथा भू सँरक्षण मन्त्री भानुभक्त जोशी, विशिष्ट अतिथि जिल्ला समन्वय समिति सँयोजक खडक बहादुर खड्का र जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्का रहनुभएको थियो ।

शिक्षक दिवसमा शिक्षक सेवा आयोगमा नाम निकालेका सम्पुर्ण शिक्षकहरुलाई बधाई तथा खादा ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमा नव बर्ष २०७६ सालको शुभकामना आदान पर्दान गरिएको नेपाल राष्ट्रिय शिक्षक सँगठन जिल्ला समितिका अध्यक्ष जोशीले बताए |

बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाइयो
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment