2026-09-14 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आजबाट शुरु हुँदै छ पर्वतको पहिलो सडक खाना महोत्सव

पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा नै पहिलो पटक आजबाट शुरु हुन लागेको पहिलो सडक खाना महोत्सवको सबै तयारी पूरा भएको छ ।

जेसिजका अध्यक्ष मोहन आचार्यले दिनुभएको जानकारी अनुसार महोत्सका लागि स्टल र स्टेज निर्माण गर्ने काम पूरा भैसकेको छ । त्यस्तै, व्यवस्थापन पक्षका अरु सबै तयारीहरु पनि पूरा गरिएका छन । महोत्सवको उद्घाटन आज दिउसो १ बजे गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गर्नुहुनेभएको छ ।

कुश्माको लोकतान्त्रिकचोकदेखि एभरेष्ट बैंक अगाडिसम्मको सडकमा गरिने सडक खाना महोत्सवमा स्थानीय खानाका परिकारहरु राखिएका २० ओटा स्टलहरु निर्माण गरिएका छन । सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

जेसिजका अध्यक्ष आचार्यले नेपाली नयाँ बर्ष मनाउन, पर्वतका सांस्कृति, पर्यटकीय तथा धार्मिक ठाउँको प्रवद्र्धन गर्न, जेसिज अभियानलाई सशक्त बनाउन, स्थानीय कला, संस्कृति र मौलिकतालाई झल्काउन, स्थानीय परिकारको स्वाद चखाउन, पर्वतमा उत्पादित बस्तुहरुको प्रवद्र्धन गर्न र साना तथा घरेलु उद्योग र व्यवसायलाई टेवा पु¥याउनको लागि सडक खाना महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा स्टल राख्ने तथा अवलोकन गर्नेहरुलाई निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाईएको पनि पर्वत जेसिजले जनाएको छ । करीब २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा मःम खाने प्रतियोगिता, जलेवी दनैड लगायतका प्रतियोगिताहरु पनि राखिने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि झण्डै २५ लाख रुपैयाँ खर्च लाग्न सक्ने अनुमान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको साथै हाँस्य कलाकारहरुको पनि प्रहसन रहने छन । पर्वत जिल्लामा जेसीजको स्थापना सन् १९९६ मा भएको थियो । यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको जेसिजले बिभिन्न सामाजिक सेवाका कामहरु पनि गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ