२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका अग्रज शिक्षकहरु सम्मानित

२०७५, ३० चैत्र शनिबार ०६:१०

 

पर्वत /४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु-याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले दिवसको अवसर पारेर पर्वतको शिक्षा क्षेत्र र संगठनकलाई अघि बढाएका पुर्ब अध्यक्षहरुलाई सम्मान गरेको हो ।
शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका संस्थापक अध्यक्ष डण्डराज तिमिल्सिना, पुर्ब अध्यक्षहरु पुर्ब साँसद कृष्णप्रसाद भट्टराई, गणेश शर्मा पौडेल, बाबुराम सुबेदी, महानबहादुर गुरुङ्ग, चेतनाथ कुवँर, प्रेमकुमार लामिछाने, देबीप्रसाद बस्याल र कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेको हो । अग्रज शिक्षकहरुलाई प्रतिनिधीसभाका सदस्य पदम गिरीले सम्मान पत्र सहित सम्मानित गरेका थिए ।

उक्त सम्मान तथा अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको राजनैतिक परिर्वतन र शैक्षिक बिकासका लागि शिक्षकहरुले ठुलो योगदान पु¥याएको भन्दै अब शैक्षिक क्षेत्रमा आमुल परिर्वतन गर्न शिक्षकहरु केन्द्रित हुनुपर्ने धारणा राखे । शिक्षकहरुले चाहेमा बिद्यालयहरुमा ठुलो परिर्वतन ल्याउन सकिने धारणा उनीहरुको थियो । कार्यक्रममा बोल्ने शिक्षकहरुले बामपन्थी सरकारको पालामा समेत शिक्षकहरुका धेरै मुद्दाहरु सम्बोधन हुन नसकेको दुःखेसो समेत पोखेका थिए । उनीहरुले आन्दोलन र चुनाबमा प्रयोग गर्ने तर शिक्षकका माग सम्बोधन गर्ने क्रममा अनुदार बन्ने राजनैतिक दलहरुको काम नै भएको आरोप समेत लगाएका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शिक्षकहरुको भूमिकाको चर्चा गर्दै शैक्षिक क्षेत्रमा सुधार गर्न शिक्षकहरु लाग्नुपर्ने बताए । उनले अगुवा शिक्षकहरुले राजनैतिक नेतृत्व गरिरहँदा समेत आफ्ना बिद्यालयहरु शैक्षिक क्षेत्रमा अब्बल बिद्यालयको रुपमा स्थापित गराउन सफल भएको बताउँदै अब पनि नेतृत्वमा पुगेका शिक्षकहरुले बिद्यालयलाई नमुना बनाएर देखाउन आग्रह गर्नुभयो । ‘शिक्षकले चाहने हो भने बिद्यालयलाई नमुना बनाउन सक्छ’ उहाँले भन्नुभयो ‘त्यसका लागि इच्छाशक्ति सहित लाग्न आवश्यक छ’
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जीबि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब साँसद कृष्णप्रसाद भट्टराई, नेपाल शिक्षक महासंघकी केन्द्रिय सदस्य हिरादेबी शर्मा, कुस्मा नगरपालिकाका नगर शिक्षा प्रमुख बिष्णुप्रसाद तिवारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्ब केन्द्रिय सदस्य प्रेमकुमार लामिछाने, संगठन पर्वतका संस्थापक अध्यक्ष डण्डराज शर्मा, शिक्षा बिकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेल, कुस्मा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख तथा वडा नं ११ का अध्यक्ष शिब पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत संगठनका उपाध्यक्ष एकनाथ शर्मा र सञ्चालन सचिब सुरेन्द्र गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित