२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा अझै पुगेनन् स्थानीय तहमा बैंक

३० चैत्र २०७५, शनिबार ०९:०६

चैत ३०, डोटी । गठन भएको डेढ वर्ष वितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि सरकारी बैंक पुग्नसकेका छैनन् । 

जिल्लाका बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुनसकेका छैनन् । बोगटान फुड्सिल र शिखर नगरपालिकामा निजी क्षेत्रका बैंक स्थापना भए पनि सम्पूर्ण आर्थिक कारोवार जिल्लाबाट नै हुन थालेपछि स्थानीयवासीलाई झन समस्या हुन थालेको छ । 

स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडिकेदार स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकामा बैंक छैनन्, सामान्य राजश्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपरेको छ ।” राज्यको पुनःसंरचनापश्चात् सरकारलेमुलुक भरका सबै स्थानीय तहमा बैंकिङ् तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् । 

सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गराउन निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन् । यहाँका ग्रामीण क्षेत्रमा स्थापना भएका निजी क्षेत्रका बैंकले गाउँमा सुरक्षाको कारणले आर्थिक कारोवार गर्न नसकिएको बताउँदै आएका छन् । 

गाउँमा आर्थिक कारोवार गर्न पूर्णतय शुरक्षा व्यवस्था नभएसम्म आर्थिक कारोवार जिल्लाबाट नै गरिने उनीहरुको भनाइ छ । स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको जोरायल–५ गड्सेराका वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बैंक नहुँदा कर्मचारीलाई तलब खुवाउनदेखि सामान्य राजश्व बुझाउन समेत घण्टांै टाढा जानु परेको छ, कहिले होला हाम्रो समस्या समाधान ।” यहाँका स्थानीय तहका गाउँमा आर्थिक कारोवार नहुने भएपछि स्थानीयवासी अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायल लगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआइसिंह–५ का स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । 

सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकले स्थानीय तहमा बैंक स्थापना गर्ने योजना भए पनि सुरक्षाका कारण विस्तार गर्न नसकिएको जनाएको छ । जोरायलमा कृषि विकास बैंक स्थापना भए पनि उक्त बैंकले हाल सम्म पनि आर्थिक तथा ऋण कारोवार नगर्दा स्थानीयवासीलाई सास्ती हुन थालेको जोरायल–२ का स्थानीयवासी भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई सेवा दिने उद्देश्यले खुलेका बैंकले पनि सेवा सुचारु गरेका छैनन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला