२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा स्थानीय उत्पादनको व्यापार घट्दो

२०७६, १ बैशाख आईतवार ०९:२२

 खेमराज गौतम, वैशाख १, गलकोट । बागलुङ नगरपालिका–१२ अमलाचौरका टेकबहादुर चुधारले विगत डेढ दशकदेखि ठेका, ठेकीको व्यापार गर्दै आउनुभएको छ । 

आफैंले उत्पादन गरेको ठेका ठेकी विशेषगरी चैते दशैँका अवसर पारेर यहाँ लाग्ने मेलामा सबैभन्दा बढी बिक्री हुने गरेको उहाँले बताउनुभयो । तर यो वर्ष ठेकाको व्यापार निकै घटेको अनुभव उहाँको छ । “कृषि पेशा गर्न छोडेपछि गाई–भैँसी कम पाल्न थालेँ”, चुधारले भन्नुभयो, “घरमा वस्तुभाउ नभएपछि ठेका किन लग्थे र ।” 

उहाँका अनुसार मानेठेकीको भने राम्रो व्यापार छ । मानिसले ठूलो ठेके मोही पार्न लाने हुन् । मुही पार्न छाडे बजारमा सजाउन भए पनि मानेठेकी किनेको पाए । १० देखि १५ हजार मूल्य बराबरका ठेका र एक हजारदेखि एक हजार ५०० सम्म पर्ने ठेकी व्यापारका लागि ल्याएको चुधारले बताउनुभयो ।

चुधार जस्तै बागलुङ तथा छिमेकी जिल्लामा उत्पादन भएका स्थानीय वस्तुको व्यापार गर्न चैते दशैँ मेलामा आएको डेढ दर्जन व्यापारीले स्थानीय उत्पादनको व्यापार खस्केको बताएका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्यालले बाँस तथा नियाँलोको चुयाँबाट निर्माण गरिएको २०० डालो, डाली तथा नाङ्ग्ला बिक्रीका लागि ल्याएकामा जम्मा एक दर्जन मात्र बेचेको बताउनुभयो ।

उहाँले स्थानीय उत्पादन बिक्रीबाट घर जाने बाटो खर्चसमेत नउठ्ने प्रतिक्रिया दिनुभयो । “यस्तै बिक्री भयो भने अर्को वर्षबाट डाला नाङ्ला व्यापार गर्न यहाँ आउँदिन,” छन्त्यालले भन्नुभयो, “प्रयोगका लागिभन्दा पनि सजाउनका लागि मात्र डाला नाङ्ला खोज्दा मर्कामा परियो ।”

चैत २३ गतेदेखि सञ्चालित मेलामा स्थानीय उत्पादनको भन्दा आयातीत सामग्रीको व्यापार फस्टाएको व्यवसायीहरुले बताएका छन् । मेला भर्न आएका भक्तजनले स्थानीय उत्पादन हातहतियार, डाला नाङ्ला, ठेकाठेकीभन्दा कस्मेटिक, कपडा तथा खेलौना खरीद गरेर लैजाने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा चैते दशैँ मेला आयोजक मूल समितिका संयोजक राजु खड्काले बताउनुभयो ।

खड्काले स्थानीय उत्पादनलाई प्राथमिकताका आधारमा मेलामा स्टलहरु उपलब्ध गराएको बताउनुभयो । चैते दशैँ मेलामा अवलोकन गर्न तथा कालिका भगवतीको दर्शन गर्न आएका अधिकांशले प्रयोग गर्नका लागिभन्दा पनि घरमा सजाउनका लागि स्थानीय उत्पादनहरु खरीद गरेको बताएका छन् । अन्य स्थानीय उत्पादनभन्दा फलामबाट निर्मित हातहतियारको बिक्री भने राम्रो रहेको छ । फलामका कृषि औजार तथा घरेलु हातहतियारको बिक्री सन्तोषजनक रहेको पोखरा हरिचोकबाट व्यापारका लागि बागलुङको मेलामा आउनुभएको पदमबहादुर सुनुवारले बताउनुभयो । “पहिला जस्तो व्यापार त छैन, तैपनि सन्तोष गर्न सकिन्छ,” सुनुवारले भन्नुभयो । चैते दशैँ मेला भोलि अर्थात् वैशाख २ गते सकिँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ