२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा नयाँ वर्षसँगै गुराँस उत्सव

२०७६, २ बैशाख सोमबार ०६:१७

वैशाख २, बागलुङ । यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे ।

शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ । वसन्तमा फुल्ने थरीथरीका गुराँसले घुम्टेको जङ्गल राताम्मे हुने गर्छ ।

घुम्टेको प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्न कतिपय अघिल्यै दिन घुम्टे पुग्छन् ।

बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन शनिबार पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र सांस्कृतिक साँझको आयोजना गरिएको थियो । आइतबार सूर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिकोे प्रदर्शनीसहित मूल समारोह सम्पन्न भएको केन्द्रले जनाएको छ । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । 

विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवद्र्धन शुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा गुराँस उत्सवले टेवा पु¥याएको छ । 

केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । “पर्यटकीय गन्तव्यमा सूचीकृत गराउन पहल भइरहेको छ”, केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले भन्नुभयो ।

मन्दिर पुनःनिर्माण, पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ । सरकारी निकायको सहयोग र स्थानीयको जनश्रमदानमा हाल घुम्टेसम्म जाने छ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ । 

घुम्टेको धुरीदेखि तल देउरालीसम्म सडक पु¥याउने योजना गलकोट नगरपालिकाले बनाएको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टेमा वैशाखे पूर्णिमामा परम्परागत मेला लाग्दै आएको छ ।

उक्त मेला भर्न हजाराँै पर्यटक तथा भक्तजन घुम्टे चढ्छन् । पौराणिककालमा पाण्डवले घुम्टेमा तपस्या गरेको जनश्रुती पाइन्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमि मोटरको यात्रापछि तीन घण्टाको पैदलदूरीमा घुम्टे पुगिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ