२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा प्राणी उद्यान बन्ने

२०७६, २ बैशाख सोमबार १६:२६

वैशाख २, रुपन्देही (रासस) | बुटवलमा प्राणी उद्यान निर्माणका लागि तयारी शुरु भएको छ । प्रदेश ५ सरकारले बुटवल उपमहानगरपालिका–१४ जितेश्वरी सामुदायिक वनको जग्गामा रामापिथेकस प्राणी उद्यान बनाउन लागेको हो । 

उद्यान निर्माणका लागि प्रदेश सरकारले चालू आवमा रु दुई  करोड बजेट विनियोजन गरेको थियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालयमार्फत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उद्यान निर्माण प्रकृया अगाडि बढाएको हो । कार्यालयले बोलपत्रमार्फत उद्यानको कार्य व्यवस्थित योजना बनाउने जिम्मेवारी संरक्षण विकास फाउण्डेशन काठमाडौँलाई दिएको छ । 

फाउण्डेशनले सम्भाव्यता अध्ययन प्रतिवेदन सम्बन्धमा आज बुटवलमा सरोकारवालासँग छलफल गरेको छ । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशको पर्यटन प्रवद्र्धनको आधार भएकाले प्राणी उद्यानलाई आकर्षक र व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनी आउने ५० प्रतिशत पर्यटकलाई प्राणी उद्यानसम्म ल्याउन सक्ने हो भने पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा योजनाबद्ध ढङ्गले प्राणी उद्यान निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने पत्रकार डि आर घिमिरेको भनाइ छ । 

“योजना बनाउने मात्रै भन्दा कार्यान्वयनका हिसाबले सहज र व्यवस्थित हुनुपर्छ”, उहाँले भन्नुभयो । उद्यान निर्माणका लागि आवश्यक पूर्वाधार कस्तो बनाउने भन्ने सन्दर्भमा सरोकार पक्षको राय लिएर प्रस्तावित लागत तयार पारिने  वन्यजन्तुविद् बाबुराम यादवले बताउनुभयो । वन्यजन्तुविद् यादव नेतृत्वको सात सदस्यीय विज्ञको टोलीले उद्यानको व्यवस्थित योजना तयार पार्नका लागि स्थलगत अध्ययनसमेत गरेको छ । “प्राणी उद्यान बनाउन जितेश्वरी वनको जग्गा उपयुक्त छ”, पर्यटनविद् शेरसिंह ठगुन्नाले भन्नुभयो, “असारसम्म प्रतिवेदन तयार गरी डिभिजन वन कार्यालयलाई बुझाउँछौँ ।”

फाउण्डेशनले प्राणी उद्यानको पूर्वाधार व्यवस्थापन, प्राणी उद्यान व्यवस्थापन र पर्यटन प्रवद्र्धन कायक्रमसहितको प्रतिवेदन तयार गरिने वनस्पति विज्ञ डा भुवनकेशर शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जीवित वन्यजन्तुको सङ्ग्रहालय नै प्राणी उद्यान हो, यसलाई व्यवस्थित र आकर्षक बनाउनका लागि योजना राम्रो हुनुपर्छ ।” उद्यानको निर्माणपछि लुम्बिनी आउने पर्यटक बुटवलसम्म आउने वातावरण तयार हुने जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जङ्गबहादुर श्रीसले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी