२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विद्युतीय कारोवार ऐन प्रयोग गरेर पत्रकार पक्राउ रोक्न माग’

२०७६, २ बैशाख सोमबार १६:५३

वैशाख २, काठमाडौँ (रासस) | नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै आधारमा विद्युतीय कारोवार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम रोक्न माग गरेको छ । 

आज महासङ्घका महासचि रमेश विष्टद्वारा जारी विज्ञप्तिमा महासङ्घ कास्की शाखा सदस्य तथा ताण्डब न्यूज डटकम ९साप्ताहिक० का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्युतीय कारोवार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम रोक्न माग गरिएको हो । 

‘‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाउनु आपत्तिजनक छ’’, विज्ञप्तिमा भनिएको छ, ‘‘पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासङ्घको ठहर छ ।’’ साथै महासङ्घले सम्पादक गिरीलाई तत्काल रिहाइको माग गरेको छ । विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीक रूपमा काम गर्ने वातावरण बनाउनसमेत माग गरिएको छ । 

समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय वीपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले सम्पादक गिरीलाई आज पोखराबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय