२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

एचआइभीले उजाडिएको जिन्दगी

२०७६, ३ बैशाख मंगलवार ०२:२३

‘चरीले राएन हो कि लेग काफल पाक्दा

न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’ 

विमलबहादुर विष्ट, वैशाख ३, डोटी ।‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला । 

एचआइभी एड्सकै कारण उहाँले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाउनुभएको छैन, स्कूलमा छोराछोरी पढ्न पठाउन पनि सकिरहनुभएको छैन । जिन्दगीदेखि हार खाएर वाक्क भएको बताउने उहाँ श्रीमान् बितेपछि हातमुख जोर्न पनि धौधौ परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुःखी, गरीब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफना भएनन् ।” आठ वर्षकी एक छोरी र छ वर्षको एक छोरा पढाउनका लागि उहाँले सयौँ दुःखकष्ट गरे पनि सफल हुनसकेको छैन । कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उहाँले अनगिन्ती ठेस भोग्नुका साथै थुप्रै हण्डर खानुभएको छ । उहाँलाई शरीरमा एड्स (बम्बैया रोग) लागेको करीब चार वर्ष भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ । श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको सात महीनापछि ओछ्यानमा परे । श्रीमान्ले आफूलाई टिबी भएको भन्दै औषधि खान्थे । मरेपछि गाउँलेले ‘भाइयौ यसको लोग्ने त एड्स लागि म¥याको हो’ भनेपछि बल्ल उहाँले थाहा पाउनुभयो श्रीमानलाई एचआइभी÷एड्स लागेको कुरा । लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ । अन्जान तथा निर्दोष उहाँलाई श्रीमान्ले एचआइभी थमाइदिए । तर उहाँका छोराछोरीमा भने यो रोग नदेखिएको बताइएको छ ।

गाउँमा उहाँलाई एचआइभी छ भन्ने हल्ला फैलिएपछि गाउँलेले भन्नथाले, ‘यइले पनि दुनियाँको रोग सारी ।’ आफनो श्रीमान् बितेको करीब एक वर्षसम्म गाउँगाउँमा मागेर आफ्ना केटाकेटी पाल्नुभयो । उहाँले आफूलाई एड्स भएकोे थाहा पाएको पनि लामो समय भइसकेको छ । समाजको अपहेलनाका कारण उहाँ गाँउबाटै विस्थापित हुन बाध्य हुनुभयो । उहाँको जीवनमा दुःखको महाभारतबाहेक केही पनि जुटेन । उहाँले आशा गरेको र पर्खिएको भनेको अब मृत्यु नै हो । मृत्यु पर्खंदै हातका बाहुलाले आँशु पुछेर भए पनि उहाँले दुई छोराछोरीलाई लतार्दै यहाँसम्म ल्याएको दुखेसो पोख्नुभयो ।

गाउँबाट विस्थापित भएसँगै उहाँको जिन्दगीका पाइला टेक्ने एक टुक्रा जमीन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो । उहाँको घरमा जस्तै डोटीका धेरैजसो गाउँबाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुषले घर फर्कंदा परिवारमा नासोस्वरुप एचआइभी ल्याइदिने गरेका छन् । रोजगारीका लागि भारत गएर आउनेले ल्याएको एचआइभी एड्सले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी एड्स बढी भएको दोस्रो पहाडी जिल्लामध्येमा गनिन्छ ।

सिकारीको तिर लागेर घाइते भएको मृगजस्तै डोटी पनि एचआइभी रोगको ओछ्यानमा दिनानुदिन थला पर्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एचआइभी एड्स घट्नुको साटो दिनानुदिन बढिरहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको तत्थ्याङ्कमा उल्लेख छ । यहाँका एचआइभी सङ्क्रमितहरु गाउँमा बहिस्कृत छन्, अपहेलित छन् ।

उहाँका छोराछोरी साथीसँग खेल्न गाउँमा यताउता जाने गर्दैनन् । साथीसँगीले पनि ‘बम्बैयाको सन्तान आयो (एड्स आयो)’ भन्ने गरेका कारण उनीहरु साथीसँगीसँग खुलेर बोल्न र हिँड्न नसक्ने गरेको दुखेसो पोख्दै उहाँ भन्नुहुन्छ, “जङ्गल (लेक)मा काफल पाकेको चरीले नचिन्दा भोकै बस्नुपरेको र समयमै श्रीमान्लाई लागेको एचआइभी नचिन्दा आफनो यस्तो अवस्था भयो, त्यसैले बिलौनाका गीत गाएर बस्न बाध्य छु ।” आफूलाई जस्तो अरुलाई नपरोस् भन्दै भगवान्सँग प्रार्थना गर्ने र गीत गाउने गरेको समेत उहाँ बताउनुहुन्छ ।

एचआइभी एड्स सङ्क्रमितका क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका अनुसार डोटीमा खुलेका मात्रै ९८० एचआइभी एड्सबाट सङ्क्रमित छन् भने नखुलेकाहरु अझै धेरै हुनसक्छन् । अहिले डोटीमा एचआइभी एड्स सङ्क्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्था सक्रिय रहेका छन् । जिल्लामा एचआइभी रोकिनुको साटो दिनानुदिन बढिरहेको पाइएको छ । यहाँको एचआइभी रोकथामका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ