पढ्न करिब 1 मिनेट लाग्छ
<p>बैशाख ३, पर्वत | पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेकी २२ वर्षीय तारादेवी पुनको मृत्यु भएको हो । <br></p><p>घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्याइएको थियो । उनको अस्पतालमा नै ज्यान गएको अस्पतालले जनाएको छ । </p>

