पढ्न करिब 1 मिनेट लाग्छ
<p>बैशाख ३, सर्लाही | सर्लाहीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।<br></p><p>सोमबार जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका चक्रघट्टा गाउँपालिका -७ का ६० वर्षीय भुईला महतो, ४२ वर्षीय रामनरेश महतो, १५ वर्षीय संजय सहनी ,७ वर्षीय मनिष सहनी र रामनरेश राय घाइते भएका हुन् ।</p><p>बँदेलले उनीहरको शरीरको विभिन्न ठाउँमा टोकेको छ । बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन् ।</p>

