२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेमरक श्रीयन्त्र प्रि-स्कूलले मनायो पाँचौ बार्षिक उत्सब

२०७६, ४ बैशाख बुधबार ०३:३२

वैशाख ४, काठमाडौं  । सेमरक श्रीयन्त्र प्रि-स्कूल कमलपोखरीले एक कार्यक्रमका बीच आफ्नो पाँचौ बार्षिक उत्सब मनाएको छ । पाँचौ बार्षिक उत्सव अन्तर्गत कक्षा यूकेजीका बिद्यार्थीहरु दिक्षित भएका थिए । 

कार्यक्रममा बिद्यार्थीहरुको प्रस्तुतिमा नृत्य, गीत संगीत, नाटक, राइम्स लगाएका मनोरन्जनात्मक प्रस्तुती प्रस्तुत रहेका थिए । यसैगरी कक्षा युकेजीका स-सना भाईबहिनीको    ‘ज्यामिरे’ नाटकलाई अभिभावकले निकै मन पराएका थिए भने कक्षा पी.जी र नर्सरीका भाईबहिनीको ‘जोनी जोनी यस पापा’ नृत्य आकर्षक रहेको थियो । 


कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सिमा शर्मा, सदस्यहरु अनिल घिमिरे, किशोर घिमिरे, रोचना घिमिरे, आशुतोष उपाध्यायको उपस्थिती थियो । कार्यक्रममा अभिभावको तर्फबाट अर्चना रिमाल, श्रुती गुरागाई लगायतले स-सना बालबालिकाको शिक्षा दिक्षामा सेमरकले खेलेको भूमिकाको कदर गर्दै आगामी दिनमा अझै गुणस्तर बढाउदै लैजानुपर्ने शुभकामना दिए । 

कार्यक्रममा स्कूलकी प्रिन्सिपल जया घिमिरेले स्कूल व्यबस्थापन समिति, अभिभावक, शिक्षक, बिद्यार्थी लगायत सबैको साथ सहयोगले नै स्कूल यहाँसम्म आईपुगेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरिन् । आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउँदै घिमिरेले स-सना विद्यार्थीहरुको शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा कुनै कमी नगर्ने प्रतिबद्धता समेत जनाईन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय