पोखरामा ट्र्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु

साझासवाल
0 Min Read

<p><b>वैशाख&nbsp;४, पोखरा । </b>ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ ।<br></p><p>पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।</p><p>सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ । रासस</p>

Leave a Comment

Leave a Reply