२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा बालिका बलात्कृत, बलात्कार पछि रु ५०० दिएर फरार

२०७६, ५ बैशाख बिहीबार ०९:५९

वैशाख ५, गुल्मी |  गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनुभयो । 

मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पुर्याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । कसैलाई नभन्नु भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । 

निजलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित