२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं जिल्ला अदालतको आदेशपछि पत्रकार गिरी साधारण तारेखमा रिहा

२०७६, ५ बैशाख बिहीबार ११:१२

बैशाख  ५, काठमाडौं । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत दायर भएको मुद्दामा थुनछेक आदेश गर्दै अदालतले उनलाई धरौटी बिना रिहा गर्न आदेश दिएको हो।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्न आदेश दिएको हो। उनीविरुद्ध पोखराका व्यवसायी विपेन्द्रराज बतासले उजुरी दिएका थिए। उजुरी लगत्तै प्रहरीले अनुसन्धानका लागि भन्दै ताण्डव साप्ताहिक तथा अनलाइनका सम्पादक गिरीलाई गत सोमबार नियन्त्रणमा लिएको थियो। 

पत्रकार गिरीलाई पक्राउ गरेरको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो। विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले विहिबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी १ घण्टा धर्ना दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय