Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निशुल्क स्वास्थ्य शिविरबाट ५ सय लाभान्वित

By kit 6 मिनेट पढाइ

शिला पाण्डे ,पर्वत

कुश्मा नगरपालिका १३ खौलालाकुरिमा एक दिने निसुल्क स्वास्थ सिविर सम्पन्न भएको छ। समाजमा भएका बिपन्न परिवारका जनताहरुलाइ स्वास्थको पहुचमा पुर्याउने उद्देश्यले प्रतिबिम्ब युवा क्लब तथा समाज सुधार मञ्च सिसेफ नेपालको आयोजनामा उक्त सिविर सप्पन्न भएको हो।

सो सिविरमा स्वास्थ परिक्षण गर्न आउने बिरामीको निकै चाप देख्न सकिन्थ्यो बिरामीहरुले आफ्ना छोरा नातिहरुले राम्रो काम गरेको भनी आशिर्वाद समेत दिएका थिए। जुन सहर बजार झर्न नसकेका र आफ्ना समस्याले गर्दा बर्सौ पहिला देखि नै बिरामी भएको भए पनि आर्थिक समस्याका कारण कैयौ आमाबाबुहरु अस्पताल पुग्न नसकेको बताएका थिए ।

हिँड्नै नसक्ने बृदा आमाबाहारुपनि कोहि नातिनातिनाको हात समाउदै त कोहि लौरो टेकेर लामो लामो सास फेर्दै हतारिदै सिविरमा पुगेका थिए।

भने बिरामिहरुको निकै भिड भाड देख्न सकिन्थ्यो ।आफ्नो घरदहिलोमा नै स्वास्थ जाच गर्न पाएकोमा उनिहरुको अनुहारमा खुशीका किरण प्रवाह भैरहेका देख्न सकिन्थ्यो ।
उक्त शिविरमा करिब ४सय ८०जनाको स्वास्थ परिक्षण गरिएको थियो ।
शिविरमा स्त्रीरोग, मुटु रोग, प्रेसर जाँच, हाडजोर्नी रोग, नशाका समस्या भएकाहरु भेटिएका थिए । खौला, ठुलाीपोखरी, कार्कीनेटा, पीपलटार आसपासका स्थानीयले स्वास्थ्य जाँच गरेका हुन् ।

स्वास्थ्य जाँच गर्न आएकी १ महिलालाइ बिरामी पुर्जा बितरण गर्दै कुश्मा नगरपालिकाकी उपमेयरबाट शिविरको शुभारम्भ गरिएको हो । उपमेयर सीता काफ्लेले लामिछानेले समय समयमा नजिकको स्वास्थ्य केन्द्रमा गई आफनो स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रम संयोजक कामना रेग्मीले अस्पतालसम्म पुग्न नसकेका बिरामीहरुलाइ मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको बताउदै आफ्ना समस्या समाधान गर्न आफ्नो मनबाट नै लाग्नु पर्ने बताउदै आर्थिक अवस्था कमजोर भएकालाई घर घरमा दिएको स्वास्थ्य जाँचले सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गरिन् । सिविरमा स्वास्थ परिक्षण गरिसकेपछि उपचार सम्भव भए त्यहीँ औषधी उपलब्ध गराइएको र सम्भव नदेखिए अस्पताल रिफर गरिने क्लबले जनाएको छ ।

नव प्रतिबिम्ब युथ क्लब खौलाका अध्यक्ष विवेक सुवेदीको अध्यक्षतामा भएको शिविरमा सिसेफ महिला समूहका अध्यक्ष ईश्वरी पाठक, क्लबका सल्लाहकार खगेन्द्र सुवेदी, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछाने, नेपाली कांग्रेस खौलाका सभापति हर्कबहादुर कार्की, नेकपा खौलाका प्रतिनिधि तिलकबहादुर लामिछाने र क्लबका सचिव सुमन सुवेदीलगायतले बोलेका थिए ।
शिविरमा डाक्टर पर्निता राज भण्डारी बागलुङ अञ्चल अस्पतालका, डाक्टर इन्द्र गुरुङ ठुलिपोखरी स्वास्थ कार्यलयका कुश्मा नगरपालिका स्वास्थ्य शाखाका याम शर्मा ,बाग्लुङ मेडिकल हलकाराजेश पौडेल कुश्मा हस्पिटल प्रालिका सुशील पौडेल लगायतका चिकित्साबाट स्वास्थ्य स्वास्थ परिक्षण गरिएको थियो।