२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खिदिमाका वडाध्यक्ष राईको निधन

१० बैशाख २०७६, मंगलवार ०८:४८

बैशाख १० खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निमोनियका कारण  निधन धएको छ । ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुने लगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा निधन भएको नेकपा खोटाङका नेता बबी चामलीङले बताए ।


गत चैत्र ३० गतेदेखि सामान्य रुघाखोकीको समस्या देखिएका राईलाई गत आईतबार घरैमा अहेव बोलाएर इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिएको केही घण्टा पीडा हल्का भएपनि स्वास्थ्यमा सुधार नभएपछि राईलाई सोमबार उपचारका लागि जिल्ला अस्पताल हिँडाइएको थियो । कच्ची सडकमा अन्य सवारी साधन हिँड्ने अवस्था नहुँदा वडाध्यक्ष राईलाई ट्याक्टरमा राखेर अस्पताल हिँडाइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । उनलाई साप्सु खोलासम्म पुर्याएपछि त्यहाँबाट एम्बूलेन्समार्फत अस्पताल पुर्योउने तयारी गरिएको थियो । तर, उहाँको त्यहाँ आइ नपुग्दै निधन भएको थियो ।

तत्कालिन एमालेकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका राई २०५४ सालमा अनेरास्ववियु सिद्धेश्वरी माबि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनितीमा प्रवेश गरेका थिए । राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एबं सामाजिक बिकास समितिका संयोजक थिए । साहित्यमा मणि मञ्जिलका नामले चिनिने राईका श्रीमती र दुई छोरी छन् । २०३९ साल पुस १ गते जन्मिएका राईको निधनमा नेकपा सहित अन्य दलका नेता तथा शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य