Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका सबै स्थानीय तहमा नेकपाको नेतृत्व टुङ्गो लाग्यो , को-को भए चयन ?

२०७६, ११ बैशाख बुधबार ०३:५२

वैशाख ११, दमौली (रासस) | तनहुँका १० वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व टुङ्गो लागेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मङ्गलबार सम्पन्न बैठकले सबै स्थानीय तहमा नेतृत्वको टुङ्गो लगाएको हो । 

तनहुँका १० स्थानीय तहमध्ये पूर्वएमालेको भागमा तीन नगरपालिका र दुई गाउँपालिका र पूर्वमाओवादी केन्द्रको भागमा एक नगरपालिका र चार गाउँपालिकाको नेतृत्व परेको छ ।

पूर्वएमालेको भागमा भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ र रिसिङ गाउँपालिकाको नेतृत्व परेको छ भने पूर्वमाओवादीको भागमा भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी, बन्दीपुर र म्याग्दे गाउँपालिकाको नेतृत्व परेको छ । पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादी अध्यक्ष भएको ठाउँमा पूर्वएमालेको सचिव तोकिएको छ ।

तनहुँमा देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विद्या लामिछाने र सचिवमा जीवन कायस्थ चयन भएका छन् ।

यसैगरी भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सीताराम अधिकारी, व्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा डिलबहादुर नेपाली र सचिवमा सोमबहादुर आले, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्ति तिमिल्सेना र सचिवमा बुद्धिसागर रिमाल, भीमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमान थापा, रिसिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ र सचिवमा वीरबहादुर थापा र घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र सचिवमा भुवन विक चयन भएका छन् ।

यसअघि पार्टीले नेकपाको जिल्ला अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकेशरी न्यौपानेलाई नियुक्त गरिसकेको छ ।

वडाबाटै परिचयपत्र पाएपछि खुशी 

तनहुँको देवघाट गाउँपालिकाले वडा–वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेपछि अपाङ्ता भएका व्यक्ति खुशी भएका छन् । अपाङ्गता भएका व्यक्ति परिचयपत्र लिन गाउँपालिका आउन नसक्ने भएपछि गाउँपालिकाले सुविधाका लागि वडा–वडाबाटै परिचयपत्र वितरण शुरु गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार अपाङ्गताको परिचयपत्र वितरणको अधिकार पाएको गाउँपालिकाले वडाबाटै परिचयपत्र वितरण गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहज भएको अपाङ्ग सरोकार समितिका अध्यक्ष ऋषिराम लामिछानेले बताउनुभयो ।

हालसम्म परिचयपत्र वितरणसम्बन्धी कार्यविधि तयार र त्यसलाई अन्तिम रुप दिन समय लागेकाले धेरै समयपछि गाउँपालिकाबाट नै अपाङ्गता परिचयपत्र वितरण गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित